४ श्रावण २०८३, सोमबार

 

सहकारीको साधारण सभामा कृषि उत्पादन प्रदर्शनी

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सदस्यहरुसँग रहेको श्रम, सीप र पूँजिको परिचालनमा जोड दिएका छन । बागलुङ नगरपालिका–३ कृषि गाउँस्थित मिर्मिरे कृषि सहकारी संस्था लिमिटेडको ११ औं साधारणसभा उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रत्यक व्यक्तिको आयआर्जनमा वृद्धि गरी बचत गर्ने बानीको विकास गर्नका लागि उसंग भएको श्रम, सिप र पूँजिलाई अधिकतम परिचालन गर्नु पर्ने बताए ।

साधारण सभाको अवसरमा आयोजना गरिएको कृषि प्रदर्शनी अन्तरगत च्याउ खेतीमा पानी राखेर कार्यक्रमको उद्घाटन गरेका जिसीले कृषि क्षेत्र सबैतिर ओझेलमा परेको गुनासो गरे । आयातित वस्तुको प्रयोग बढेको भन्दै उनले स्थानीय स्रोत र साधनको परिचालनमा जोड दिए । मेला महोत्सवहरुमा पनि स्थानीय उत्पादनको प्रबद्र्धन भन्दा पनि बाह्य वस्तुको विक्री वितरणमा ध्यान बढी गएको गुनासो गर्दै जिसीले जबसम्म स्थानीय उत्पादनलाई प्रोत्साहन गरिदैन तबसम्म देशको आर्थिक अवस्था सुध्रिदैन भने । जिसीले सहकारी अर्थतन्त्रको मेरुदण्ड भएको हुंदा सहकारीको मर्म अनुसार काम गर्नुपर्ने बताए ।

कार्यक्रमका जिल्ला कृषि विकास कार्यालयका कृषि प्रचार अधिकृत विप्लप अधिकारी, कृषि सहकारी संघ बागलुङका अध्यक्ष अनन्त खड्का, डिआईआरडिसिका अध्यक्ष केवी राना मगर, कार्यक्रम संयोजक शालीकराम शर्मा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा सहकारीले कृषि प्रदर्शनी, नृत्य प्रतियोगिता, बेलुन फुटाउने एवं चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । साधारण सभामा जेष्ठ नागरिक उमानन्द पौडेललाई खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो । कृषि प्रदर्शनीमा विभिन्न कृषि सामाग्री ल्याउने २० जना कृषकलाई सम्मान गरिएको थियो । यस्तै नृत्य प्रतियोगितामा सदिच्छा पौडेल प्रथम, सजना पौडेल द्वितिय, रोजिना बिक तृतीय भएका छन् ।

चित्रकला प्रतियोगितामा राहुल थापा प्रथम, सौगात पौडेल द्वितिय, सदिक्षा पौडेल तृतीय र खुशी थापा सान्तत्वना भएका छन् । यस्तै बेलुन फुटाउने प्रतियोगितामा समिर परियार प्रथम, प्रतिमा थापा द्वितिय, सन्देश खड्का तृतीय र सुजाता बिक सान्तवना भएको बताइएको छ । साधारण सभाका अवसरमा संस्थाका सचिव नारायणप्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चन्द्रनिधी उपाध्यायको स्वागत र कोषाध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung