४ श्रावण २०८३, सोमबार

 

इमेज बचत तथा ऋण सहकारीको मुनाफा १५ लाख

बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको शनिबार होटल ब्राउन आईजमा ५ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षता, बागलुङ क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने २८ जनालाई संथाले मायाको चिनो दिइ सम्मान गरेको हो । त्यस्तै प्रमुख अतिथि रहेको प्रदेश सभा सदस्य सापकोटालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।कार्यक्रममा बागलुङ उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सो अवसरमा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीले वार्षिक आय व्यय प्रस्तुत गरेका थिए । यस वर्ष २ करोड ८६ लाख ७ हजार ८४ रुपैया ६१ पैसा आम्दानी गरेको सहकारीको खर्च २ करोड ३० लाख ४९ हजार ७ सय ६९ रुपैया ९५ पैसा रहेको र १५ लाख ५७ हजार २ सय ६४ रुपैया ६६ पैसा मुनाफा गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष देवकुमार नेपालीले पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि व्यक्तिगत तर्फदेखि १ लाख ११ हजार १ सय ११ रुपैया दिने घोषणा गरेका छन । कार्यक्रम संस्थाका सहल्लाकार धनबहादुर परियारको स्वागत र रेडियो बुर्तिबाङका पत्रकार योगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung