समाजमा धेरै संघसंस्थाहरु छन । सामाजिक क्षेत्रको विकासमा सरकारले प्रदान गर्ने बजेट विपन्न र दलित परिवारका क्षेत्रमा उत्ति साह्रो पुग्दैन । तर, यहाँको एक अनलाईन मिडिया भने सामाजिक उत्तरदायित्वको ज्वलन्त उदाहरण बनेको छ । नयाँ विश्व अनलाईनले बागलुङ महोत्सवमा आफ्नो स्टल बनाएरै दलित विपन्न बालबालिकाको शैक्षिक विकासमा सबैसँग आर्थिक सहयोग संकलन गर्दै उदाहरणीय बनेको हो । गलकोट नगरपालिका—७ मल्म गाउँको सिरबारे बालविकास केन्द्रका दलित विपन्न बालबालिकाको दयनीय अवस्था देखेर आर्थिक सहयोग अभियान सुरु गरेको सिरबारे बालविकास केन्द्रका सल्लाहकार तथा नयाँ विश्व अनलाइनका कार्यकारी सम्पादक मुकेश राजभण्डारीले बताए ।
‘धनी परिवारका बोर्डिङ, निम्न परिवारका सरकारी विद्यालयमा जान्छन । तर, विपन्न र दलित परिवारमा अभिभावक श्रम गर्न जान्छन । केटाकेटी माटो र धुँलोमा खेलेर बिताउँछन । यस्को अवस्थामा हामीले पनि सामाजिक उत्तरदायित्व सम्झेर अभियान सञ्चालन गरेका हौँ ।’ राजभण्डारीले भनेँ, ‘अभियानमा जनप्रतिनिधी, व्यवसायी, संघसंस्था, उद्योगी, सर्वसाधारण, युवाहरु, सामाजिक कार्यकताहरु र पत्रकारहरुले सहयोग गर्नुभएको छ ।’
१५ हजार बढि आर्थिक संकलन
बागलुङ महोत्सवको स्टल नम्बर १ सय ३५ मा नयाँ विश्व अनलाइन रहेको छ । महोत्सवको छैठौँ दिन आइपुग्दा अहिलेसम्म करिव १५ हजार बढि आर्थिक संकलन भएको नयाँ विश्वका सम्पादक निर्मलबहादुर श्रेष्ठले बताए । नयाँ विश्व अनलाइनले सामाजिक उत्तरदायित्व अन्तरगत बिपन्न वस्तीमा शिक्षाको उज्यालो घाम पु¥याउने अभियान चलाए पछि धेरै सहयोगी हातहरु अगाडी आएकम छन ।
बालविकास केन्द्र बनाउन सहयोग आवश्यक
झन्डै २० जना बिपन्न दलित परिवारका बालबालिकाहरु अहिले आधारभूत विद्यालयमा छन । बच्चाहरु गाउँदै, रमाउँदै बालविकासमा पढि रहेका छन । यो देखेर अभिभावकहरु खुसी र उत्साहित छन । उनीहरुका लागि गुणस्तरीय बालविकास केन्द्र निर्माणमा सबैजनाको सहयोग आवश्यक रहेको सिरबारे बालविकास केन्द्रका अध्यक्ष अथक विकको भनाई छ ।
पि फर्ममाथि सिमित शैक्षिक सामाग्रीहरुले बालबालिकाको शैक्षिक विकास नहुने देखेपछि अनलाइन पत्रिकाले यस्तो अभियान सुरु गरेको बालविकास केन्द्र संचालक समितिका सदस्य ज्ञानबहादुर थापाले बताए । ‘हामीले सिरबारे दलित बस्ती कै संगीता सुनारलाई दिनको ५० रुपैया दिएर सहजकर्ताको रुपमा राखिएका छौँ, हामीसँग सहजकर्तालाई दिने तलब, उपयुक्त शैक्षिक सामाग्री, बालबालिकालाई न्यानो कपडा र सहजकर्तालाई तलिमको अभाव व्यहोरी रहेका छौँ’ थापाले भने । वि.सं २०७३ मा आम जनता माझ नयाँ विश्व डट कमले सुचना, समाचार, सत्य तथ्य घटनामाथि फरक स्वादको पत्रकारीता गर्दै आएको छ ।

































































































































































































