२८ बैशाख २०८१, शुक्रबार

 

‘महोत्सवले बागलुङको आर्थिक र पर्यटनको क्षेत्रमा महत्व राख्छ’– भारी

कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने नाराका साथ प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव—२०७४ बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा हुँदैछ । महोत्सवले बागलुङको आर्थिक सामाजिक र सांस्कृतिक र पर्यटनको क्षेत्रमा के महत्व राख्छ भन्ने विषयमा सहकर्मी संगम घर्तीमगरले बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीसंग गरेको कुराकानी :

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?

बागलुङ उद्योग वाणिज्य संघले पाँचौ महोत्सव सञ्चालन गर्दैछौं । हामीले महोत्सव गर्दै गर्दा यहाँका उत्पादनहरु हातेकागज, अल्लोको धागोबाट उत्पादित वस्तु, सिस्नुको पाउडर, तारखोलोको आलु, ढोरपाटनको आलु हामीले यहाँ उत्पादन भएर पनि विभीन्न ठाउँमा पु¥याउन सकिरहेका छैनौं । ताराखोलाको स्लेट ढुङ्गा यहाँ उत्पादन भएर पोखरा त पुग्छ तर त्यहाँका व्यवसायीले पोखराको ढुङ्गा भनेर विक्री गरिरहेका छन् । ताराखोलाको ढुङ्गा हो भनेर पहिचान दिलाउन सकेका छैनौं । ती वस्तुहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान गराउनका लागि हामी महोत्सव गर्दैछौं । बागलुङमा थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउँहरु छन् । विभिन्न कला संस्कृतिहरु छन् ।

लोक दोहोरी गीतको उद्गमस्थल धौलागिरी हो । बागलुङ कलासंस्कृतिको खानी हो । विगतमा चैत्राष्टमी मेला हुँदा यहाँ जम्मा भएर यानीमाया, सालैजो गाउने गर्थे । हामीले मेला महोत्सव गर्दै गर्दा दोहोरीगीतको प्रतिस्पर्धा गराउन थाल्यौं । अहिले त्यो व्यवसायीक भएको छ । कैयौ कलाकारहरु व्यवसायीक भएका छन् । त्यस बाहेक यहाँ विभीन्न जानजातिको आ—आफ्नै संस्कार र संस्कृति छ । यस प्रकारका कलासंस्कृतिको जगेर्ना गर्न र स्थानीय उत्पादनको प्रचार पसार र पर्यटनको प्रवद्र्धनका लागि हामीले महोत्सव गर्न लागेका हौं ।

महोत्सवकोे मुख्य आकर्षणहरु के हुनेछन् ?

लोकदोहोरीको उद्गमस्थ भएका कारण पनि लोक दोहोरी गित प्रतियोगिताको आयोजना गरेका छौं । देशमा खेलकुदको वाताबरण सिर्जना हुने सकेको छैन । भलिवल प्रतियोगिता राखेका छौं । यहाँको ऐतिहाँसिक विशेष खेलको रुपमा रहेको छेलो प्रतियोगिता र महिलाहरुका लागि मात्रै लठो तान्ने प्रतियोगिताको आयोजना गरेको छौं । लोकनृत्य, मरुभूमिमा मात्र उँटको प्रदर्शनी मात्रै होईन उँटको नृत्य समेत प्रदर्शन गर्दैछौं । बालबालिकाहरुका लागि बाल उद्यान र रमाईलो मेला राखेका छौं । एक सय ८० व्यवसायीक र यहाँका स्थानीय उत्पादनहरु राखिएको स्टल छन् । यहाँको पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि फोटो प्रदर्शनी गर्दैछौं । विशेषगरी युवा पुस्तामा लोकप्रिय हुँदै गएको अँग्रेजी वर्षको नयाँ वर्ष मनाउने चलनलाई यस पटक हामीले यही बागलुङमा मनाउने व्यवस्था गर्दैछौं । विगतमा नयाँ वर्ष मनाउनका लागि बागलुङबाट धेरै युवा युवतीहरु काठमाडौं पोखरा जाने गरेको हामीले पाएका छौं । लाईभ डिजे कन्सर्टका साथ नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

विगतमा चैत्रमा गरिदै आएको महोत्सव अहिले किन पुसमा ?

विगतमा हामीले चैत्राष्टमीको समयमा महोत्सव आयोजना गर्ने गरेका थियौं । यहाँको बागलुङ कालिका मन्दिरको आफ्नै पहिचान छ । चैते दशैंमा आफै पनि दर्शनार्थीहरु मन्दिरमा आउँछन् । अहिले यहाँ महोत्सवको आयोजना गर्दा यहाँको अर्थतन्त्रलाई गति दिन सहयोग पुग्नेछ । अरु बेला पनि बागलुङमा पाहुनाहरु ल्याउनका लागि र मुख्य गरी यहाँ कुनै मेला महोत्सव र चाडवाड नहुँदा पनि पाहुनाहरु आईरहने वातावरण सिर्जना गर्नका लागि अहिले महोत्सव गरिएको हो ।

यसले बागलुङका स्थानीयलाई के फाईदा पु¥याउँछ ?

यसले तत्कालिन र दिर्घकालिन रुपमा फाईदा पु¥याउँछ । तत्कालिन रुपमा यहाँको व्यापार व्यवसाय प्रवद्र्धन गर्न सहयोग पु¥याउँछ । यहाँको अर्थतन्त्रलाई चलायमान गराउन सहयोग गर्नेछ । त्यो भन्दा ठूलो कुरा यसले दिर्घकालिन महत्व राख्छ । यहाँको कला संस्कृतिको प्रदर्शन, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्दा, यहाँको स्थानीय उत्पादन प्रदर्शनी गर्दा यसको बजार विस्तारमा पनि सहयोग पुग्छ । बागलुङमा यस्ता प्रकारका वस्तुहरुको उत्पादन हुँदोरहेछ है भन्ने जानकारी पाएकाहरु त्यसको खरिदका लागि यहाँ आउने वाताबरण बन्छ । मैले अघि नै पनि भने लोकदोहोरी गितको हामीले प्रतियोगिता सञ्चालन गर्दै गर्दा अहिले व्यवसायीक भएको छ । नयाँ कलाकारलाई स्टेज दिँदै गर्दा थुप्रै राष्ट्रिय कलाकारहरु जन्माएको छ । यहाँको व्यवसायीक र आर्थिक विकासका लागि तत्काल भन्दा दिर्घकालका लागि फाईदा बढि पु¥याउँछ । तत्काल पनि यहाँ एउटा अथिती आउँदै गर्दा एउटा किराना पसलको चामल बिक्ने, तरकारी पसलको आलु काउली बिक्ने हुन्छ । हाटेलमा खाना विक्री हुन्छ । यसले यहाँको आर्थिक विकासलाई गति दिन्छ ।

विगतमा पनि महोत्सवहरु भएका छन्, त्यसबाट के उपलब्धी पायौं ?

बागलुङ उद्योग वाणिज्य संघले के ग¥यो भन्ने प्रश्न त छ । तर हामीले महोत्सव मात्र यहाँका स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याएका छौं । विभीन्न ठाउँहरुमा यहाँको उत्पादन चिनाउका लागि महोत्सवले निकै सघाएको छ । सरकारले कैयौ लगानी गरेर त्यसको लगानी उठाउन नसकेको कृषिजन्य उत्पादनहरुको हामीले आयोजना गरेको महोत्सवबाटै व्यापार भएको पनि छ । स्टलमार्फत उघुलद्यमीहरुको प्रचार प्रसार गर्ने वातावरण सिर्जना गरेका छौं । बागलुङ बजारको सुरक्षाका लागि हामीले नगरपालिकाको केही सहयोग बाँकी उद्योग वाणिज्य संघको खर्च र पहलमा बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेका छौं । जसले गर्दा बागलुङ बजार सुरक्षित छ भन्ने सन्देश दिएको छ । बजारमा हुने अपराधिक क्रियाकलापहरु पनि घटेका छन् । जिल्ला प्रहरी कार्यालयले यहाँ हुने अपराधीक गतिविधिहरुको छानविनका लागि सहयोग पुगेको छ । जिल्ला समन्वय समिति र नगरपालिकाको समन्वयमा हामीले कालो प्लाष्टिकमुक्त जिल्ला बनाउन सफल भएका छौं । सरसफाई लगायतका क्षेत्रमा पनि हाम्रो महत्वपूर्ण भूमिका खेल्दै आएका छौं ।

बागलुङको पर्यटन प्रवदद्र्धन विकासका लागि के गर्ने ?

यहाँ विभीन्न पर्यटकीय क्षेत्रहरु हुँदा पनि पर्यटकहरुले त्यो मात्रामा ल्याउन सकेका छैनौं । अहिले पर्यटन बोर्डले पनि हाम्रो कार्यक्रमलाई सहयोग गरेको छ । महोत्सवका लागि हामीले निर्माण गरेको ब्रेसर लगायतका प्रचार सामग्रीहरुमा हामीले यहाँका पर्यटन गन्तव्यहरुको बारेमा उल्लेख गरेका छौं । त्यो देशभरका उद्योग वाणिज्य संघका एक सय ११ वटा उद्योग वाणिज्य संघमा पु¥याएका छौं । त्यसले बागलुङको बारेमा जानकारी गराएको छ । बागलुङ जन्मथलो हुँदा हुँदै पनि कर्मथलोको रुपमा काठमाडौं, बुटवल, पोखरा बसोबास गर्ने बागलुङेहरुलाई निमन्त्रणा गरेका छौं । पञ्चकोट र भकुण्डे पुग्नेगरी काठमाडौं बस्ने दुई सय जना बागलुङेहरु अहिले आउँदै हुनुहुन्छ । भकुण्डेको होम स्टेलाई व्यवस्थित गर्नका लागि हामीले आफ्नै खर्चमा १५ जना महिला दिदीबहिनीहरुलाई म्याग्दीमा लगेर तालिम दिएका छौं । उहाँहरुले अहिले राम्रो गरिरहनुभएको छ । भकुण्डेको जाने सहज वाताबरणका लागि हामीले सडक सरसफाई गर्न आग्रह गरेका छौं । पञ्चकोटमा जानका लागि सवारी साधनको व्यवस्थापनमा सहयोग पु¥याएका छौं । दिर्घकालिन रुपमा बागलुङको पञ्चकोट, बागलुङ कालिका भवगती मन्दिर, भकुण्डे, बिहुँ रामकोटको मन्दिर, घोडाबाँधे, घुम्ते धुरी, ढोरपाटन लगायत क्षेत्रको प्रचार प्रसार महोत्सव मार्फत गर्ने र त्यसलाई विस्तार र विकास गर्नका लागि सबैसंग हातेमालो हामीले गर्नेछौं ।

यस पटक महोत्सव उद्घाटनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष ल्यायौं । यसले के अर्थ राख्छ ?

विगतमा हामीले राष्ट्रपति मन्त्री ल्यायौं । अहिले सरकारले पनि घोषणा गरेको छ । निजी, सहकारी र सरकारी क्षेत्रलाई आर्थिक क्षेत्रको साझेदार भनेको छ । एनआरएन पनि अहिले निजी क्षेत्रको ठूलो लगानी गर्न सक्ने क्षेत्र हो । एन आरएनको अध्यक्ष बागलुङमा आउँदै गर्दा बागलुङको विकासका लागि आर्थिक क्षेत्रलाई प्रभाव पार्ने कस्तो किसीमको योजना सञ्चालन गर्न सक्छौं भन्ने छलफल भैरहेको छ । हामीले दुई तीन वटा आधार तयार पारेका छौं । बागलुङबाट भकुण्डे गएर भकुण्डेबाट भैरवस्थानसम्म केबुलकारको स्थापना, बागलुङ–पञ्चकोट केबुलकारको स्थापना र पटक पटक सर्वे भैसकेको छ । कालिका मन्दिरदेखि पाङसम्म जोड्ने झोलुङ्गे पुललाई अहिले यान्त्रीक पुलको रुपमा अगाडी बढाउने कि भन्ने चर्चा छ । यहाँ अन्य विभीन्न लगानीका क्षेत्र छन् । हाईड्रोपावर निर्माणका लागि दरमखोला निकै सम्भावनाको ठाउँ हो । उद्योग वाणिज्य संघ र एनआरएनको सहकार्यमा एउटा प्रोजेक्ट सञ्चालन गर्ने ढङ्गले कुरा भैरहेको छ । एनआरएनले अहिले थुप्रै योजनाहरु सञ्चालन गरिरहेको छ । हामीले यहाँ एउटा मात्रै मेगा प्रोजेक्ट सञ्चालनमा ल्याउन सक्यौ भने यहाँको आर्थिक र पर्यटन विकासमा सघाउ पु¥याउँछ । विभीन्न सामाजिक कार्यहरुमा एनआरएनको सहयोग छ । हामीले उहाँलाई यहाँ ल्याउँदै गर्दा पत्रकार महासंघ बागलुङको भवन निर्माणमा पनि सहयोग जुटाउने माध्यम बन्न सक्छ । अन्य विभिन्न संघ संस्थाको कार्यक्रममा हातेमालो गर्ने सम्भावना बढ्छ ।

बागलुङ रेमिट्यान्स जिल्ला भनेर चिनिन थालेको छ । रेमिट्यान्सलाई एक ठाउँमा संकलन गरेर राम्रो काममा लगानी गर्ने अुवाई उद्योग वाणिज्य संघले गर्न सक्दैन ?

त्यो कुरा पनि चलेको छ । विदेशमा रहेका जति पनि बागलुङेहरु साथी छन् । उद्योग वाणिज्य संघको नेतृत्वमा हुने कार्यक्रममा लगानी गर्न उनीहरु तयार रहेको बताएका छन् । यो महोत्सव सकिएपछि योजनाको तयारी गर्छौं । विदेशमा गएर कमाएको पैसाले घर घडेरी मात्रै जोड्ने नभई एउटा प्रोजेक्ट मार्फत उत्पादनमुलक क्षेत्रमा लगानीको वाताबरण बनाउँछौं । यहाँ लगानी भित्र्याउनका लागि उद्योग स्थापना या हाईड्रोपावरको क्षेत्रमा लगानी गर्ने किसीमको कार्यक्रम बनाउने हामी तयारीमा छौं ।

बागलुङमा लगानीका सम्भावना भएका क्षेत्रहरु के–के हुन् ?

बागलुङ—भकुण्डे र भैरवस्थान जोड्ने केवलकार, गल्कोट—घुम्टे केबलकार, सिमेन्ट उद्योग र हाईड्रो पावरको सन्दर्भमा कुरा भैरहेको छ । सम्भवत यहाँका लागि अहिलेको लगानी गर्ने क्षेत्र पनि यीनीहरु नै हुन् ।

बागलुङ बजारमा व्यापार घट्यो भन्ने चिन्ता बढ्दैछ नी ?

अहिले केही घटे जस्तो छ । तर व्यापार साह्रै घटेको छैन । बागलुङ—पोखरा राजमार्गको मर्मत, कालिगण्डकी करिडोर र मध्येपहाडी लोकमार्ग सम्पन्न भएपछि बागलुङ बजारलाई आर्थिक हब बनाउन सकिन्छ । त्यसका लागि राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि सबैले पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्