५ कार्तिक २०८३, बुधबार

 

बागलुङ महोत्सवले व्यवसायीक सम्भावना र लगानीकर्तालाई आकर्षित गर्छ

सम्भावनाको खोजी गर्न सहयोग पु¥याउँछ

वसन्तकुमार श्रेष्ठ
निवर्तमान अध्यक्ष (बागलुङ उद्योग वाणिज्य संघ)

बागलुङ महोत्सव अहिले पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुँदैछ । यसले यहाँको आर्थिक सामाजिक र पर्यटन क्षेत्रको साथसाथै मौलिक कलासंस्कृति र व्यवसाय प्रवद्र्धन निकै ठूलो सहयोग पु¥याउँछ । बागलुङमा सञ्चालित मेला महोत्सवबाट फैलिएका विभीन्न कुराहरुले अहिले व्यवासायिक रुप लिएका छन् । बागलुङबाट शुरु भएको लोकदोहोरी गित प्रतियोगिता अहिले व्यवासायीक भएको छ । यहाँका विभीन्न जातजातीको संस्कार र संस्कृतिलाई जोगाईराख्नका लागि पनि ठूलो सहयोग पुगेको छ ।

उद्योग वाणिज्य संघ आफैमा निजी क्षेत्र भईकन पनि यहाँको सरकारी क्षेत्र र स्थानीय निकाहरुलाई एक ठाउँमा जोडेर प्रदेश नम्बर चार स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला आयोजना गर्न सफल भएका छौं । यसले यहाँका आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रहरुको विकास र नयाँ सम्भावनाको खोजी गर्नका लागि पनि सघाउँछ । यहाँ आयोजना हुने विभीन्न खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकासका लागि टेवा पुग्छ । महोत्सव झट्ट हेर्दा रमाईलोको लागि जस्तो देखिए पनि महोत्सवले चौतर्फी विकासका लागि सहयोग पु¥याउँछ ।

सांस्कृतिक रुपमा चिनाउँछ

युवराज राजभण्डारी
वरिष्ठ उपाध्यक्ष(बागलुङ उद्योग वाणिज्य संघ)

हामीले बागलुङ महोत्सवमा यहाँका विभीन्न प्रकारका सांस्कृतिक झाँकी र मौलिक संस्कृतिलाई पनि प्रदर्शन गर्ने निर्णय अनुसार त्यही अनुसारको तयारी गरेका छौं । यहाँका विभीन्न जातजातिको आ—आफ्नै संस्कार र संस्कृति छन् । त्यसको प्रदर्शनीले हाम्रो यहाँको मौलिकलाई देश र विदेशमा समेत चिनाउन सहयोग गर्छ । हामीले बागलुङका सबै गाउँ र नगरपालिकासंग समन्वय गरेर त्यहाँ भएका सांस्कृतिक र मौलिक महत्वका नाँचगान र झाँकीहरु ल्याउनका लागि आग्रह गरेका छौं । गल्कोटबाट घाँटु र सोरठी प्रदर्शनी गर्न ल्याउने भन्ने जानकारी आएको छ ।

यहाँको नेवार समुदायको लाखे नाँच, हनुमान नाँच, जोगी नाँच लगायत प्रदर्शन गर्दैछौं । अन्य विभीन्न जातजाति र भाषाभाषीको सांस्कृतिक परम्परालाई पनि हामीले यहाँ प्रदर्शन गर्छौं । यसले सांस्कृतिक रुपमा बागलुङललाई चिनाएर यहाँको पर्यटन प्रवद्र्धन आर्थिक विकासमा सहयोग गर्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छ

दयाराम पौडेल
महासचिव(बागलुङ उद्योग वाणिज्य संघ)

मेला महोत्सव गर्दै गर्दा यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा निकै ध्यान दिने गरेका छौं । यहाँको प्रसिद्धधाम पञ्चकोट, बागलुङ कालिका मन्दिर, घुम्टेको लेक, गाजाको दह, घाईघाट झरना, गल्कोट दरबार र नेपालकै एक मात्र ढोरपाटन शिकार आरक्ष लगायत विभीन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन् । त्यसको हामीले अपेक्षित रुपमा प्रचार प्रसार गर्न सकेका छैनौं । महोत्सवको समयमा देशका विभीन्न ठाउँबाट आउने पाहुनाहरुले अवलोकन गर्ने त्यहाँको बारेमा जानकारी लिनसक्ने गरी तस्विरहरुको प्रदर्शनी गर्ने व्यवस्था मिलाएका छौं । यहाँको नजिकका ठाउँहरु पञ्चकोट, भकुण्डे लगायतका ठाउँमा जानका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सघाउँछौं । त्यसबाट यहाँको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्नेछ ।

व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ
विदेशकुमार श्रेष्ठ
कोषाध्यक्ष (बागलुङ उद्योग वाणिज्य संघ)

विगतमा हाम्रा अग्रजहरुले यसलाई मेलाको रुपमा आयोजना गर्ने गर्थे । यहाँ महोत्वसको आयोजना हुँदै गर्दा देशका विभीन्न ठाउँहरुबाट यहाँ पाहुना आउँछन् । उनीहरुको यहाँ रहँदै बस्दै गर्दा यहाँको हरेक व्यक्तिको केही केही व्यवसायमा विक्री बढ्छ । जसले व्यवसायिक प्रवद्र्धनमा सहयोग पु¥याउँछ । हामीले जिल्लामा उत्पादन हुने विभीन्न वस्तुहरुको विक्री प्रवद्र्धका लागि स्टल राखेका छौं । लघु उद्यम र यहाँका कृषि उपजहरुको व्यापार र त्यसको प्रद्र्धनका लागि सहयोग पु¥याउनेछ । मेला अवलोकन गर्न आउँदै गर्दा बागलुङमा के कस्ता वस्तुहरु पाईन्छ भन्ने कुराको जानकारी पनि यहाँ आउने पाहुनाहरुलाई हुनेछ । जसले यहाँका स्थानीय उत्पादन गरेको वस्तुहरुको अन्यत्र ठाउँमा व्यवसाय विस्तारका लागि पनि वाताबरण सिर्जना गर्नेछ ।

सञ्चारको विकासका लागि पनि सघाउँछ

राजेशचन्द्र राजभण्डारी
प्रेस सल्लाहकार, बागलुङ उद्योग वाणिज्य संघ

बागलुङ महोत्सव २०७४ को तयारी पूरा भैसकेको छ । स्थानीय र राष्ट्रिय सञ्चारमाध्यमबाट यसको व्यापक प्रचार प्रसार भैरहेको पनि छ । बागलुङ महोत्सवबाट यहाँको प्रचार हुँदै गर्दा यहाँको आर्थिक समाजिक विकासमा पनि सहयोग पुग्छ । यहाँको आर्थिक विकास हुनु भनेको सञ्चारमाध्यम सञ्चालनका लागि सजिलो हुनु हो । अहिले पनि मोफसलका सञ्चार संस्थाहरु सञ्चालनका लागि कठिनाई उत्पन्न भैरहेका छन् ।

यहाँको व्यापार र पर्यटनको विकास हुनु सञ्चार माध्यमका लागि पनि फाईदाको विषय हो । एनआरएनएका अध्यक्ष बागलुङ आउँदै गर्दा यहाँका नेपालीहरुले विदेशमा कमाएको लगानी र त्यहाँ सिकेको सीप भित्र्याउनका लागि पहल गर्नुपर्छ । यसले यहाँको पत्रकारिताको विकासका लागि सहयोग पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung