एकता सहकारीको अध्यक्षको लागि भएको निर्वाचनमा धु्रब शर्मा निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा शर्माले ३ सय २८ मत र उनको निकतम प्रतिस्पर्धि ईश्वर बज्रार्चायले २ सय मत पाएको निर्वाचन समितिका संयोजक काजीगाउँले श्रेष्ठले जानकारी दिए ।
फरकिलो मत अन्तरले विजयी भएका शर्माले नयाँ विश्व डटकमसंग भने ‘मैले सबै शेयर सदस्यहरूको मनोभावना र सल्लाह अनुसार एकता सहकारीलाई अझ राम्रो र आर्थिक रूपमा बलियो सहकारीको रूपमा अगाडि बढाउछु’ । एकता सहकारी बागलुङ बजारमा संचालित पुरानो र धेरै शेयर सदस्य भएको सहकारी हो ।
विस २०५६ साल असार ३२ गते स्थापना भएको एकता सहकारीको कुल शेयर पुजी ६ करोड १२ लाख ५५ हजार रहेको छ । ७ सय ८७ जना सेयर सदस्य रहेको एकता सहकारीको १९ आँै साधारणसभाले अध्यक्ष बाहेक सबै नेतृत्व सर्वसम्मत चयन गरे पनि अध्यक्षमा सहमति नभएपछि निर्वाचन गरेको हो ।













































































































































































































