
हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रस्टाको सम्मान नव प्रतिभाको प्रोत्सान भन्ने नाराका साथ धौलागिरी अंचलका निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रम बागलुङमा बुधबार सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अंचल कार्यसमिति धौलागिरि को तर्फबाट बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका प्रतिनिधि सभा र प्रदेशसभामन निर्वाचित सांसदहरुलाई एकसाथ बधाई तथा सम्मान गरेको छ ।
प्रतिष्ठानले बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डाक्टर सुर्य पाठक, क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल, पर्वत जिल्लाका प्रतिनिधि सभा सांसद पदम गिरि, म्याग्दी जिल्लाका प्रतिनिधि सभा सांसद भुपेन्द्र खड्का, प्रदेश सभा सांसदहरू चन्द्र बहादुर बुढा, नेत्र अधिकारी, विनोद केसी, नरदेबी पुन र ईन्द्र धारा विष्टलाई सम्मान पत्र, दोसल्ला र अबिर माला लगाएर बधाई तथा सम्मान गरिएको गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले भोलीका दिनमा गठन हुने सरकारबाट कलाकारिता क्षेत्रको लागि सहयोग गर्ने वातावरण बनाउन आफुले भुमिका खेल्ने बताए । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहालले अब बन्ने नीति निर्माणमा कलाकारका बारेमा पनि राम्रोसंग सोचेर बनाइ दिईदिन आग्रह गर्दै गरेका थिए ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा, वरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत र संचालन महासचिव पुर्ण परियारले गरेका थिए ।