बचतमा बृद्धि जीवनमा सम्मृदि भन्ने मुल नाराका साथ शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको दशौँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सहकारीका जेष्ठ नागरिक श्यामसुन्दर श्रेष्ठले गर्दै सहकारीले समाजमा सकारात्मक काम गरेको कारणले पनि सहकारी प्रति जनताको राम्रो प्रभाव परेको बताए ।
साधारण सभामा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले शुभकामना व्यक्त गरेका थिए । सहकारीले नेपाल पत्रकार महासंघ बागलुङ शाखा को भवन निर्माणका लागि ६ हजार ६ सय ६६ रूपैयाँ अध्यक्ष शिरिषलाई हस्तान्तरण गरेको गरेको छ । साधारण सभामा प्रगति प्रतिवेदन सचिव हिमालय प्रकाश श्रेष्ठ आर्थिक प्रतिवेदन कोषाध्यक्ष दुर्बल काजी राजभण्डारीले प्रस्तुत गरेका थिए ।
७८ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुजी ३५ लाख ३१ हजार ३ सय रहेको छ ।सहकारीले बर्ष २०७३ असार मसान्तसम्म ९ करोड ८२ लाख १५ हजार ३ सय ४१ लगानी गरेको प्रतिबेदन कोषाध्यक्ष राजभण्डारीले पेश गरेका थिए ।
सहकारीले असल ऋणी तर्फ चित्रबहादुर केसी र असल बचत कर्ता बिरवल श्रेष्ठलाई सम्मान गरिएको थियो ।सहकारीले बाल प्रतिभामा पुरस्कृत भएका बालबालिकालाई सम्मान गर्दै प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।जेष्ठ शेयर सदस्य श्यामसुन्दर श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष ईश्वर प्रसाद मलेपति स्वागत सुरेन्द्र जंग राजभण्डारी संचालन सचिव हिमालय प्रकाश श्रेष्ठले गरेका थिए । दशौ साधारण सभाबाट ईश्वर प्रसाद मलेपतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रघुराम भारी सचिवमा हिमालय प्रकाश श्रेष्ठ कोषाध्यक्षमा दुर्बल काजी राजभण्डारी सहसचिव मछिन्द्र प्रसाद शाक्य र सदस्यहरूमा उत्तम प्रसाद श्रेष्ठ बिनय शाक्य ताराप्रसाद श्रेष्ठ दीपक ज्योति श्रेष्ठ रन्जित प्रसाद श्रेष्ठ रबिन्द्र प्रसाद श्रेष्ठ मधुसूदन राजभण्डारी रत्न कुमारी खड्का रहेको निर्वाचन अधिकृत गोबिन्द वझाले बताए ।
लेखा समितिका संयोजकमा लिलाम्बर बज्राचार्य र सदस्यमा उमेश कुमार राजभण्डारी र दिपरत्न श्रेष्ठ निर्वाचित भएका छन् ।



















































































































































































































