५ कार्तिक २०८३, बुधबार

 

बागलुङ बलेवा विमानस्थल फेरि चर्चामा

 

२६ बर्ष देखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल पुन संचालन गर्न सरोकारवाला बिच काठमाडौमा सहमति भएपछि बागलुङको बलेवा बिमानस्थल एकपटक फेरी रास्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ ।
बागलुङ बलेवा बिमानस्थल संचालन् योग्य बनाई २०७४ चैत महिनाको पहिलो सातादेखि हवाई सेवा संचालन गर्ने गरि लिखित सहमति गर्न बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल सफल देखिएका छन् ।पौडेल संगै पुर्ब मन्त्री दिनानाथ शर्मा पुर्ब सांसद प्रकाश पौडेल लगायत सरोकारवालाले जुन भुमिका खेले त्यससलाइ सकारात्मक रूपमा लिनुपर्छ ।

नागरिक उड्ययान प्राधिकरण नेपालका उप महानिर्देशक राजन पोख्रेल नेपाल बायुसेवा निगम तारा एयर समिट एयर मकालु एयर समेतका प्रमुख प्रतिनिधिहरु संग ९ऋब्ब्ल्० प्राधिकरणको कार्यालय काठमाडौमा बलेवा विमानस्थल संचालनका लागी सरोकारवालाहरु समेतको बैठकमा बायुसेवा कम्पनी बागलुङ नगरपालिका र स्थानिय सोकारवाला बिच यात्रुहरुको सुनिस्चितता सहित समन्वय गरि वलेवा((काठमाडौ बिमानसेवा हाललाई हप्ताको २ पटक संचालनमा ल्याउने सहमति गरियो यसलाई पहिलो सफलता मान्नुपर्छ । हाल लाई हप्तामा २ पटक नेपाल बायुसेवा निगम र तारा एयरले १,१ उडान संचालन गर्ने रगराउने निर्णय भएको छ अबश्य पनि यो कुरालाई ब्यबहारिक रूपमा लागु गराउन जरुरी छ ।
अहिले जसरी चिसो मौसममा एकाएक तातिएर बागलुङको बिकासको लागि बागलुङ जिल्लाका मान्छेलाई राजधानी सम्म सहजरूपमा यात्रा गर्नका लागि जुन पहलकदमी स्थानीय निकायको जिम्मेवार ब्यक्तिको हैसियत ले जुन भुमिका निभाए अब भने हामीले यसलाई चाहिने पुर्बाधार तुरुन्तै बनाउन जरुरी छ । समयले कसैले पर्खदैन हामीले चैत महिनाको पहिलो सातादेखि काठमाडौ बागलुङ हवाई सेवा संचालन गर्ने डेटलाइन तोकिसकेका छौ अब त्यो अनुसार अगाडि बढ्ने हाम्रो दिन गन्ती शुरू भैसकेको छ ।
बागलुङ बलेवा बिमानस्थल सम्म जाने सडक लाई सबैभन्दा पहिले कालोपत्रे गर्न जरुरी छ बागलुङ मालढुङ्गा देखि
बलेवा सम्म पुग्ने सडक धेरै लामो नभएको कारणले पनि तत्काल काम शुरू गरेर सम्पन्न गर्न साच्चै मन देखि लाग्ने हो भने समस्या केही पनि छैन ।सरकारले बजेट भने जति दिन सक्छ मुख्य कुरा कामको हो त्यहाँ सम्म पुग्ने सडक राम्रो नभए सम्म सवारी गुड्न सक्दैन सवारी साधन नपुगे बलेवा बिमानस्थल सम्म हवाई जहाज चढ्न जाने यात्रु समयमा पुग्न सक्दैन त्यो नभए सम्म हवाई जहाज चलाउने कम्पनीले आफ्नो सेवा दिन सक्दैन ।
सबै काम अब बलेवा सम्म पुग्ने सडक र त्यहाँ सम्म जाने भरपर्दो यातायात हुन जरुरी छ ।
बागलुङको बलेवा बिनानस्थल संचालन गर्नुपर्ने माग बागलुङ उद्योग बाणिज्य संघले गरिरहेको त्यसको लागि धेरै पटक कार्यक्रम समेत गरेर सरोकारवाला को ध्यानाकर्षण गराउने काम गरेको अहिले बागलुङ नगरपालिकाको सक्रियतामा हवाई सेवा संचालन गर्ने सहमति हुनु सकारात्मक काम भएको यसले बागलुङमा थप पर्यटक आकर्षित गर्ने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको भनाइ पनि मनन योग्य छ ।
२०१९ साल देखि शुरू भएको बागलुङ को बलेवा विमान स्थल धौलागिरि बासिको एकमात्र हवाई गन्तव्य थियो बागलुङ काठमाडौ बागलुङ पोखरा बागलुङ भैरहवामा नेपाल एयरलाइन्स बाट सस्तो र सुलभ रूपमा सेवा पाइरहेका यात्रुहरूले २०४८ सालमा बागलुङ पोखरा सडक निर्माण पछि यातायात चल्न थालेपछि हवाई सेवा बन्द हुन पुगेको पनि अहिले २६ बर्ष बितिसकेको छ ।
पोखरामा रहेको बिमानस्थल बाट अहिले राजधानीको लागि दैनिक २ दर्जन भन्दा बढी हवाई सेवा संचालन भैरहेको छ ।अहिले यात्रा गर्ने स्वदेशी देखि बिदेशी सम्मले पोखरा देखि काठमाडौ सम्म हवाई यात्रा लाई नै रोज्ने गरेको देखिन्छ ।साच्चै बागलुङ सदरमुकाम देखि बलेवा विमान स्थल सम्म पुग्ने सडक कालिगण्डकी कोरिडोर पनि बनिसकेको छ ।कुश्मीशेरा सडक पनि अहिले कालोपत्रे गर्ने अभियान चलिरहेको छ साच्चै अब बलेवा सम्म जाने सडक राम्रो सुबिधाजन्य नभए सम्म विमान स्थल संचालन गर्न गार्‍हो पर्छ यो कुरालाई ध्यान दिन जरुरी छ ।

बागलुङ जिल्लामा २०४८ सालमा बन्द भएको
बलेवा बिमानस्थल पुन संचालन गर्ने भनी माओबादीका मन्त्री लोकेन्द्र बिष्ट मगर र दिनानाथ शर्माले एकपटक बलेवा बिमानस्थलमा काठमाडौ देखि नेपाल एअरलायन्सको विमान ल्याएपनि सेवा भने शुरूवात भएको थिएन कारण जतिसुकै खोजे पनि उहि सडक अनि यातायात नै हो त्यो कुरा बुझ्न अब ढिलाइ गर्न हुदैन ।अहिले बायुसेवा कम्पनी सकारात्मक भएर अहिले विमान सेवा दिन राजी भएको समयमा अलमल गरेर मात्रै कुरा गरेर माघ फागुन फाल्ने हो भने चैत महिनाको पहिलो साता बागलुङको बलेवा एयरपोर्टमा हवाई जहाज हैन खाली कौवा र चील मात्रै उडेको हेर्न हामी बाध्य हुने छौ ।अहिले काम गरेको जस कसले लिने होडबाजी गर्नु भन्दा सबै मिलेर काम गरेर देखाउन सके मात्रै हामीले खोजेको उपलब्धि हुनेछ ।
नत्र भने नेपाली उखान जस्तो छोरा पाउने कहिले कहिले कन्डनी बान्ने अहिले भने जस्तो हुन जान्छ ।
अब हामी संग धेरै समय छैन मात्रै २ महिना छ गर्नुपर्ने काम धेरै छन् त्यो कसरी सम्पन्न गर्ने अनि विमान संचालन गर्ने भन्ने कुरा नै प्रमुख कुरा हो अहिले बागलुङ देखि काठमाडौ सम्म सडक मार्गबाट यात्रा गर्दा धेरै समय लाग्ने यात्रा कस्टकर भएको कारणले पनि हवाई यात्रा गर्नेको सङ्ख्या बढी रहेको छ बागलुङ बाट काठमाडौ हवाई सेवा संचालन भएमा अबश्य पनि राम्रोसँग ब्यबसायीक रूपमा एयरलाइन्स कम्पनीको ब्यापार हुने नै छ बागलुङमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पनि मद्दत पुग्ने छ ।
बागलुङ जिल्ला बासिको धेरै पुरानो सपना फेरि साकार हुने देखिन्छ ।सबै मिलेर यसलाई सहयोग गरि आआफ्नो क्षेत्र बाट सफल पारौ चैतको पहिलो साता देखि शुरू हुने बागलुङ काठमाडौ को ब्यबसायीक हवाई यात्रा गरेर हामीले पनि फाइदा उठाउन सिकौ ।
अब पोखरा बाट हैन बलेवा विमान स्थलबाट नै राजधानी पुग्न मार्गमा लागौ ।१२ बर्षपछि बगिरहेको खोला पनि फर्कन्छ भने झै अहिले २६ बर्ष पछि भए पनि बलेवा विमान स्थलबाट पुन हवाई जहाज उड्ने भएको छ ।
अहिले बलेवा विमान स्थल संचालन गर्न भुमिका निभाउनु हुने सबै सबैलाई बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung