११ कार्तिक २०८३, मंगलवार

 

स्थानिय तहको चुनावबाट निवार्चित जनप्रतिनिधीहरुले विकास निमार्णमा सक्रियता दिन थाले ।

स्थानिय तहको चुनावबाट निवार्चित जनप्रतिनिधीहरुले आफ्नो वडाको विकास निमार्णमा सक्रियता दिन थालेका छन । करिव २० बर्ष सम्म जनप्रतिनिधि नपाएका वडामा जनप्रतिनिधि निवार्चित भएसगै विकास निमार्णको कार्यले पनि गति पाएको देखिन्छ । पुर्वाधार निर्माणको काम अगाडी बढिरहेको देख्दा बानपा–६ मा पनि स्थानीयबासीहरुले खुशी प्रकट गरेका छन् । विगतमा विभिन्न समस्याहरु झेल्दै आएका स्थानीयहरु जनप्रतिनिधिहरुले समाधानको बाटो खोजे पछि सहज भएको बागलुङ नगरपालिका–६ की देवी केसीले बताइन । सडक, खानेपानी लगायतका क्षेत्रमा जनप्रतिनिधीले चासो राखी काम पनि गरिरहेकोले बानपा–६ पर्यटकिय गन्तव्य स्थल बन्न थप मद्धत पुगेको त्यहाका स्थानीयबासीको भनाई छ ।
बाईट

बागलुङ नगरपालिका–६ मा अहिले विभिन्न खालका पुर्वाधार निर्माण गरिरहेको वडा अध्यक्ष खेमराज सापकोटाले बताए । केही समय अगाडिसम्म कच्ची सडक, विद्युतिकरणका लागि गाडिएका काठे पोल, अव्यवस्थित नाली तथा खानेपानीको समस्या विस्तारै समाधान हुदैँ गएको सापकोटाले बताए । अहिले बानपा–६ मा करिव ६०० मिटर मोटर बाटो ढलान तथा उक्त सडक खण्डमा नाली तथा मेसीनरी वाल लगाउने कामको सुरुवात गरेको बताइएको छ । धारापानी देखी शिवालय मन्दिर सडक खण्ड मध्येको ४०० मिटर सडकको ढलान, ४५ मिटर पक्नी नाली निमार्ण तथा ७२ घनमिटर मेसिनरी वाल निर्माण सम्पन्न भइसकेको छ । बागलुङ नगरपालिकाको ३५ लाख रुपैँया, स्थानीयबासीहरुको नगद तथा श्रमदानमा उक्त सडक निर्माण गरिएको थियो । त्यसै गरि सानो लमगाउ देखि लमगाउ सम्मको करिव २०० मिटर सडकको ढलान, नाली निर्माण तथा मेसिनरी वाल लगाउने काम अहिले चलिरहेको वडा अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । १५ लाख रुपैँया बागलुङ नगरपालिका तथा करिब ३ लाख ५० हजार रुपैँया बराबरको श्रमदानमा सडक निर्माण भैरहेको बताइएको छ ।
त्यसैगरी बानपा–६ का करिव ५० प्रतिशत भुभागलाई लक्षित गरेर खानेपानी आयोजनाको काम पनी गरिरहेको बताइन्छ । भिर्लाखुरी, सिम, सल्लेफुर्का, खाडा, सानो लमगाउ तथा तिनतलेका स्थानीयबासीको सहजताका लागि सबै मुहानलाई एकिकृत गरी एक घर एक धाराको अवधारण अनुसार पानी वितरण गर्नको लागि उपभोत्ता समिति गठन गरि काम अगाडि बढाइएको वडा अध्यक्ष सापकोटाले बताए । उहाले यो बर्ष भरिमा ३ सय ९७ घरधुरी प्रत्यक्ष लावान्भित हुनेगरी आयोजना निमार्ण गर्ने योजना बनाएको सापकोटाले बताए ।
बाईट

यसका साथै विद्युत प्राधिकरण बागलुङको सहायतामा वडामा भएका सम्पुर्ण काठे पोललाई विस्थापित गरि फलामका पोल राख्ने काम पनी धेरै जसो ठाउमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung