
पर्वतमा उत्पादिन भएको कफि विक्रीमा समस्या देखिएको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानमा उत्पादित कफि विक्री नहुँदा कृषक चिन्तित बनेका छन् । गैर सरकारी संस्था सोडेर्क नेपाल मार्फत आय आर्जनमा सहयोग गर्दै आएको गुर्ड नेवर्सका कारण कृषकको कफि विक्रीमा समस्यामा परेको हो । साझेदार संस्था मार्फत आय आर्जनको क्षेत्रमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय गैर सरकारी संस्थाले समन्वयकारी भूमिका नखेल्दा कृषकको कफि विक्रीमा समस्या परेको हो ।
कृषकले गाउँमा उत्पादन गरेको झण्डै २ क्यून्टल भन्दा बढि कफी बोटमै खेर गएकोे कफि सहकारी संघकी सचिव जानुका पन्त बताउ छन । कफि विक्रि गर्ने क्रेता नपाउँदा गाउँ भरीका कफीहरु बेटबाटै झर्न थालेको छ । “गत वर्षसम्म जिल्ला कफी सहकारी संघले किन्दै आएपनि यो वर्ष सहकारीले कफी विक्री नभएको भन्दै गाउँबाट कफी खरिद नगर्ने भएपछि कफि विक्री भएन”, पन्तले भने ।
गाउँमा उत्पादन भएका सवै कफी विक्री हुँदा वार्षिक लाखौँ रकम गाउँमा भित्रन्छ । तर कफी बजारँंग कृषकको प्रत्यक्ष सम्पर्क नभएका कारण उनीहरुको कफी बोटमै झरेर गएको छ । जिल्लामा उत्पादनमुखी व्यवसायहरुमा कृषकहरु दिन प्रतिदिन आकर्षित हुँदैछन । तर उनीहरुको उत्पादनले बजार नपाउँदा कृषकहरु कृषिकर्मबाट विस्थापित हुने क्रम पनि उत्तिकै मात्रामा देख्न सकिन्छ । जिल्ला कफी सहकारी संघले गुर्ड नेवर्स नामक संस्थाले आय आर्जनको नाउँमा समन्वय विना नै गाउँ गाउँमा कार्यक्रम सञ्चालन गर्दै हिडेकोले कफी विक्रीमा तदारुकता नदेखाएको हो ।
सहकारीको खर्च व्यवस्थापनदेखि घुम्ति कोषको समेत रकम गाउँमा बाडे पनि गैससको भूमिका गाउँमा निस्प्रभावी भएकाले उत्पादन भएका सामाग्रीहरुको विक्रीमा समस्या परेको देखिन्छ । धर्म प्रचारको आरोप खेपेको गूर्ड नेवर्स नामक अन्तराष्ट्रिय संस्थाको समन्वयकारी भूमिका नहुँदा गाउँको कफि विक्रीमा समस्या परेको स्वयम् कृषकहरुको भनाई छ । गत वर्ष गाउँबाट विक्रीका लागि सहकारी संघमा कफी ल्याए पनि बजारको अभावमा विक्री नभएको जिल्ला कफी सहकारी संघका अध्यक्ष भवानीप्रसाद शर्मा बताउँछन ।
गाउँमा आय आर्जनमा सहयोग गर्ने गरेको संस्थाले बजारीकरणमा भने वास्ता नगरेका कारण पनि लिमिठानाको कफी विक्रीमा समस्या रहेको शर्माको भनाई छ । लोकतान्त्रिक गैससका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जिल्लाका अन्य गैससहरुसंग समन्वयन नै नगरि अपारदर्शीतापूर्वक कार्यक्रमहरु सञ्चालन गरेका कारण पनि गुर्ड नेवर्स संस्थाप्रति जिल्लामा पटक पटक प्रश्न उठ्ने गरेको बताउँछन । क्षेत्रीले स्थानीय कानुन, नियम र संगठनहरुको भूमिका गौण बनाउँदै काम गर्ने परिपाटीले कृषकहरु समेत मर्कामा परेको दाबी गरे ।