११ कार्तिक २०८३, मंगलवार

 

बिनालाई २ महिने छोराको दाह संस्कार गर्न समस्या

दुई दिनदेखि छोराको अन्तिम दाहसस्कार गर्न रोकिएकी बिनाले शुक्रबार छोराको दासस्कार गरिएकी छन । अन्तरजातीय विवाह परिवारले अस्विकार गरे पछि बिनालाई छोराको दाहसंस्कार गर्न मुस्किल परेको थियो । निसीखोला गाउँपालिका–७ की २९ वर्षिय बिना सुनार र बडिगाड गाँउपालिका–७ भिमगिठे, सल्लाखर्कका ३० वर्षिय दुर्गा घर्ती मगरले गत बैशाखका प्रेम विवाह गरेका थिए ।

उनीहरु बिच फोनमा कुराकानी हुँदाहुँदै गत फाल्गुनमा शारिरीक सम्पर्क भएको र सुनार गर्भवती हुने अवस्था भएपछि अन्तरजातिय विवाह भएको सुनारले बताईन ।अन्तरजातिय विवाह परिवारले स्विकार नगरेपछि विना र दुर्गा बागलुङ आएर घर बनाउने काम गर्थे । असारदेखि बागलुङमा सँगै बस्दै आएका उनीहरु भदौमा बिनालाई छोडेर गदुर्गा बेपत्ता भएका थिए ।

आफ्नो श्रीमान आउने आशमा बसेकि बिना श्रीमान नआए पछि कार्तिकदेखि माईती घरमा बस्दै आएकी हुन । विनाले गत मंसिर २० गते माईतमा नै छोरा जन्माएकी थिईन् । केहि दिनदेखि उनको छोरा अचानक बिरामी परेपछि बिना उपचारका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा गएकी थिईन् । स्वास्थ्य केन्द्रका डाक्टरहरुले चेकजाँच पछि बच्चालाई निमोनियाँ भएको र यहाँ उपचार हुन नसक्ने भन्दै तत्काल अन्तै लैजान आग्रह थिए ।

स्वास्थ्य केन्द्रबाट रिफर गरिदिएपछि बिना अन्तै जाने तयारीका लागि घर फर्किएको र अर्को दिन शुक्रबार छोराका उपचारका लागि पाल्पा जान भनी घरबाट बुर्तिबाङ तर्फ जाउने क्रममा छोराको बाटैमा मृत्यु भएको थियो । छोराको मृत्यु पछि उनले दाहसंस्कारका लागि घरपरिवारमा खबर गर्दा घरपरिवारले अस्वीकार गर्दै जेसुकै गर्न भने पछि उनलाई २ दिनदेखि दाहसंस्कार गर्न समस्या भएको थियो ।

परिवारले अस्विकार गरे पछि बिनाले अन्तरजातिय विवाह गरेकै कारण छोराको दाहसंस्कारमा समस्या भएको भनि निसीखोला गाँउपालिका–२ का अध्यक्ष कुबिर विश्वकर्मा र वडा नम्बर ७ का वडा अध्यक्ष तेजिन्द्र विक्रम कुवँरलाई गुहार मागिन । उनीहरु मार्फत ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा खबर गरिएको थियोे । प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको निर्देशनमा भिमगिठे प्रहरी चौकीले घर्तीको परिवारलाई भिमगिठेबाट झिकाईएको थियो ।

प्रहरी प्रशासन र जनप्रतिनिधिहरुको चेतावनीले बाध्य भएर शुक्रबार २ दिन पछि मात्रै बिनाका ससुरा जोकबहादुर घर्ती र सासु आई आफ्नो सस्कार अनुसार अन्तिम दाहसंस्कार गरिएको निसीखोला गाँउपालिका–२ का वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । निसीखोला गाँउपालिका– ७ का अध्यक्ष तेजिन्द्र विक्रम कुँवर, सामुदायिक रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थितीमा दाहसंस्कारमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung