३० असार २०८२, सोमबार

 

बागलुङ जेसिसको अध्यक्षमा बस्नेत

बागलुङ जेसिसको अध्यक्षमा अम्बिका बस्नेत निर्बिरोध चयन भएकी छिन् । जेसिसको ४० औँ अधिवेशन तथा वार्षिक साधारण सभाले बस्नेतको अध्यक्षतामा २०१८ का लागि सर्वसम्मत नयाँ समिति चयन गरेको हो । मनोनय दर्ताका क्रममा अध्यक्ष पदका लागि निवर्तमान कार्यकारिणी उपाध्यक्ष मनोजकुमार विक र शाखा सम्पादक अम्बिकाको उम्मेद्वारी परेको भए पनि जेसिसको परम्परा अनुसार ककसमा विक उपस्थित नभए पछि बस्नेत निविरोध निर्वाचित भएकी हुन ।

बस्नेत निर्विरोध निर्वाचिन भएपछि बागलुङ जेसिसले ४० औँ शाखा अध्यक्ष एवंम ५ औँ महिला अध्यक्ष पाएको छ । अधिवेशनबाट २ जना कार्यकारिणी उपाध्यक्षका लागि बलबहादुर थापा र सुअन श्रेष्ठ, ४ जना उपाध्यक्षमा आकृति भण्डारी, आनन्द रेग्मी, करिष्मा के.सी र प्रकाश आचार्य तथा २ जना निर्देशकका लागि साधना पन्त र रामचन्द्र गौतम सर्वसम्मत चयन भएका छन ।

अध्यक्ष बस्नेतले वर्ष २०१८ का लागि कानुनि सहल्लाकारमा नरेन्द्र कँडेल, महासचिवमा एञ्जिला शाक्यकोषध्यक्षमा सौरभ श्रेष्ठ र सह–सचिवमा सौगात खड्कालाई मनोनित गरेकी छिन । नयाँ समितिलाई अध्यक्षका प्रत्यासी मनोजकुमार विकले बधाई मन्तव्य र नव निर्वाचित अध्यक्ष बस्नेतले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए । ४० औँ वार्षिक साधारण सभाको उद्धघाटन बागलुङ जेसीसका संथापक महासचिव कृष्णशंकर श्रेष्ठले गरेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले राष्ट्र विकासका लागि युवाहरुको नेतृत्व र क्षमता विकास आवश्यक रहेको बताए ।

उनले युवाहरुलाई आर्थिक सम्मृद्धिको बाटोमा अगाडि बढाउन सके मात्र देशले परिवर्ततको महसुरश गर्ने बताए । कार्यक्रममा म्याग्दी जेसिसका संस्थापक अध्यक्ष राजेन्द्र आचार्य र बागलुङ जेसिस वर्ष २०१७ का लिडर्स अध्यक्ष रामराजा गुरुङले मन्तव्य राखेका थिए । कार्यक्रममा महासचिव बलबहादुर थापाले प्रगति तथा सहकोषाध्यक्ष ताराप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम शाखा अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता , निवर्तमान अध्यक्ष्ँ पार्वती अधिकारीको स्वागत र महासचिव बलबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung