६ कार्तिक २०८३, बिहीबार

 

शिक्षालाई व्यवहारिक बनाउन आवश्यक

बागलुङ क्षेत्र नम्बर २ का सांसद चन्द्रबहादुर बुढा सागरले समुदायको लागि शिक्षा क्षेत्र अपरिहार्य रहेको बताउदै शिक्षालाई व्यवहारिक शिक्षा बनाउन आवश्यक रहेको बताए । उनले राहखोला आधारभुत विद्यालय ताराखोला गाउँपालिका–३ को २८ आँै वार्षिकोत्सव तथा सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले प्रत्येक क्षेत्रमा शिक्षाको गुणस्तर बढाउनुका साथै व्यवहारिक शिक्षा ल्याउनु पर्नेमा जोड दिए ।

त्यस्तै प्रत्यक्ष नम्बर ४ का समानुपातिक सांसद दिपा रोकाले सधैं जनताको काम प्रति बफादारि रहन जनताले सधै घचघचाई रहनु पर्ने कुरामा जोड दिइने । आफु सधै जनताको सेवाका लागि पछि नहिचकिचाई काम गर्ने बताईन । त्यस्तै ताराखोला गाउँपालिका प्रमुख प्रकाश घर्तीले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्नको लागि गाउँपालिकाले विशेष छलफल चलाईरहेको बताउदै शिक्षा क्षेत्रमा छिटै परिवर्तन गर्ने बताए ।

उनले ताराखखोला गाउँपालिकाको हरेक क्षेत्रमा गुणस्तरीय शिक्षा उराउने दाबी गरे । कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व उपाध्यक्ष पदम खत्री दिवस,राष्ट्रिय जनामोर्चाका डम्बर थापा, नेपाल मावि का प्रअ थमबहादुर रोका स्थानीय जनमती बगाले, विशिस्ट चन्ददाता दुर्गा बगाले लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा विद्यालयका प्रअ झमबहादुर पुनले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णलाल ढकालको अध्यक्षता, शिक्षक लिलाधर कँडेलको स्वागत तथा शिक्षक रनबहादुर घले गुरुङ र गिता गौतमले कार्यक्रम संचालनमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung