ढोेरपाटन नगरपालिकाको – ५ अधिकारीचौर, प्याङ्खोलामा हिउँदको समयमा तरकारीबाली सिंचाइ तथा वर्षातको समयमा धान रोप्नका लागि पानी ट्याङ्की निर्माण कार्य सुरु भएको छ । गत वर्ष साविकको अधिकारीचौर गा.वि.स ले विनियोजन गरेको रु १ लाख २० हजार र यसै आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाबाट विनियोजित रु १ लाख ८० गरी कुल ३ लाख रुपैयाँ तथा जनश्रमदान सहित सिंचाई ट्याङ्की निर्माण सुरु गरिएको हो ।
यहि माघ मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरिएको निर्माण समितिका अध्यक्ष खडानन्द पौडेलले बताउनुभयो । उक्त सिंचाई ट्याङ्की निर्माण कार्य सम्पन्न भएपश्चात त्यहाको करिब ८ सय हेक्टर खेतमा सिचाई गर्न सहज हुने अध्यक्ष पौडेलको भनाई छ । 
हिउँदको समयामा नजिकैको खोल्साबाट पानी संकलन गरिने र हिउँदे वाली तथा तरकारी वालि सिचाई गरीने र वर्षातको समयमा भलको र मुलको पानि संकलन गरि धान रोपाइ कार्यमा प्रयोग गरीने छ । उक्त ट्याङ्की निर्माण पछि त्यहाका करिब १ सय घरका खेतबारी सिचाइका लागी सहज हुने छ ।













































































































































































































