४ श्रावण २०८३, सोमबार

 

नेपाल चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा

नेपाल, चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उदघाटन भएसँगै नेपाल इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा चीनसँग जोडिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन ।

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को औपचारिक उदघाटन गरेका छन ।

चीनसँग नेपाल इन्टरनेटमा जोडिएपछि अब इन्टरनेटमा समस्या नआउने वैद्यले जानकारी दिइन । भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हवको रुपमा स्थापना गर्न सकिने र इन्टरनेट प्रयोगकर्ताले पनि सुलभ र गुणस्तरीय इन्टरनेटको प्रयोग गर्न पाउने उनले बताए । २०७३ भदौमै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको टेलिकमले २०७३ मंसिरमा आइपी सर्भिस आदान प्रदानका लागि सम्झौता गरेको थियो ।

उज्यालो अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung