सम्पत्ति शुद्धीकरण बारे जिल्ला सहकारी संघ बागलुङले सहकारी संघसंस्थाका प्रतिनिधिलाई एकदिने सम्पत्ति शुद्धीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम बागलुङ सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष एवंम सहकारी प्रमुख जीवन आचार्यले सहकारीलाई सहकारीको भावना र धारणा अनुसार चलाउन सक्यो भने मात्र जनताको जीवन स्तर आर्थिक रूपमा अगाडि बढ्ने धारणा व्यक्त गरे । सम्पत्ति शुद्धीकरण अभियानलाई कडाइका साथ सहकारीले पालना गरेर जानुपर्ने आचार्यले बताए ।
सरकारले ल्याएको सम्पत्ति शुद्धीकरणलाई अब सहकारीले कानुनी रूपमा पालना गर्नुपर्ने भएको हुनाले अबदेखि यसलाई प्रभाकारी ढंगले लागु गर्नुपर्ने राष्ट्रिय सहकारी बैंकका केन्द्रीय संचालक रामबहादुर जिसीले बताए । सहकारीले आफ्नो सहकारीको सदस्य बनाउदा सरकारले ल्याएको नीतिलाई लागु गर्नु पर्ने त्यो नियम पालना नगरे कानुनी कार्वाहीको भागिदार हुनुपर्ने जिसीले बताए ।
एकजना व्यक्तिले वर्षमा ३० लाख रूपैयाँ को भन्दा बढी कारोबार गर्न समेत स्रोत खुलाउन पर्ने व्यवस्था अहिले आएको नयाँ सहकारीले दिएको अन्तरक्रिया कार्यक्रममा जिसीले बताए । कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, स्वागत उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी रसचिव तेजेन्द्र थापा संचालनको संचालनमा सम्पन्न भएको थियो ।
अहिले सहकारीले आफ्नो विनियम नबनाएमा त्यस्तो सहकारीलाई १० लाखदेखि ३० लाख रूपैयाँसम्म जरिवाना गर्ने नियम बने पछि सहकारीलाई चुनौती र अवसर दुबै मिलेको छ ।



















































































































































































































