१० कार्तिक २०८३, सोमबार

 

‘हल्लाको पछाडी गरेको लगानीले राम्रो प्रतिफल दिन्न’–साउत

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउत लगानी गर्दा हल्लाको पछाडी नलागी आफैले बुझेर गर्नु पर्ने बताए । उनले नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बागलुङ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् । साउतले हल्लाको पछाडी गरिएको लगानीले राम्रो प्रतिफल पाउनु सट्टा लगानी नै डुब्ने खतरा हुन सक्ने बताए ।

बागलुङमा सेयर बजारमा धेरैको उत्साजहनक सहभागिता रहेको र यस क्षेत्रलाई सही ढंगले अगाडी बढाउन उनले आग्रह गरे । कार्यक्रममा लगानीकर्ता अशोकगोविन्द राजभण्डारी, मनोजकुमार वाला, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, दिव्या सेक्युरिटिजका प्रमुख कार्यकारी रामप्रसाद आर्चाय लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम डेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउतको अध्यक्षता, स्वागत नेप्सेका वरिष्ठ आईटी अधिकारी प्रभाकर घिमिरे र दिव्या सेक्युरिटिजका कुमार शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung