४ श्रावण २०८३, सोमबार

 

सृजनशिल नारी समाज बागलुङको सातौ साधारण सभा

सृजनशिल नारी समाज बागलुङका संस्थापक संरक्षक काजी रोशनले महिलाहरुलाई एकताबद्ध गर्नका लागि सृजनशिल नारी समाजले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले सृजनशिल नारी समाज बागलुङको सातौ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले समाजमा महिलाहरु एक भएर सृजनशिल कार्य गर्न एवं महिला सशक्तिकरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं प्राध्यापक प्रमिला राजभण्डारी, बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बास्कोटा, सहयोगी हात कास्कीका अध्यक्ष भगवती पौडेल, सचिव साधना पौडेल, नेवा मिसा खल अध्यक्ष शशी शाक्य, साही सेवा समितिका अध्यक्ष मनमायां श्रेष्ठ, महिला हित सहकारी संस्थाका अध्यक्ष लिला खड्का, संरक्षक खड्ग कुमारी खड्का लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा संस्थाका कोषाध्यक्ष रेमा राजभण्डारीले प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

कार्यक्रम कै अवसरमा सृजनशिल नारी समाज बागलुङ्गले समाजसेवामा क्रियाशिल २ जना महिलाहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा बागलुङ नगरपालिका–३ की अध्यक्ष एवं अधिवक्ता लक्ष्मी बास्कोटा र हातेमालो समाज कास्कीकी अध्यक्ष भगवती पौडेल रहेका छन् । बास्कोटा र पौडेललाई संस्थाका अध्यक्ष रुद्रा केसी र संस्थापक संरक्षक काजी रोशनले प्रशंसा पत्र सहित खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

अधिवेशनले रञ्जना नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गिताञ्जली श्रेष्ठ, सचिव सम्झना श्रेष्ठ, सहसचिव रोशनी साक्य, कोषाध्यक्ष रेमा राजभण्डारी रहेका छन् । त्यसैगरी समितिका सदस्यहरुको सोमाना शाक्य, मेनका शाक्य, फुलमायां राजभण्डारी, प्रमिला राजभण्डारी, रचना शर्मा, भुनु राजभण्डारी रुद्र कुमारी रोका क्षेत्री रहेका छन् ।

समितिका सल्लाहकारमा लक्ष्मी शाक्य, विष्णुदेवि राजभण्डारी, कल्पना श्रेष्ठ रहेका छन् । कार्यक्रम सृजनशिल नारी समाज बागलुङ्गकी अध्यक्ष रुद्रा केसीको अध्यक्षता, उपाध्यक्ष रञ्जना नेपालीको स्वागत मन्तव्य र सचिव संझना राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung