२७ भाद्र २०८३, शनिबार

 

बैशाखमा बुर्तिबाङ महोत्सव

आगामी बैशाख १४ देखि २० गतेसम्म बुर्तिबाङ बजारमा बुर्तिबाङ महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको आयोजना तथा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संयोजनमा महोत्सव हुने उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।

महोत्सवले पश्चिम बागलुङको ऐतिहासिक ढोरपाटन शिकार आरक्ष, त्यस क्षेत्रका धार्मिक तथा पर्यटकिय क्षेत्र, कला, संस्कृति, पर्यटन, कृषिको प्रचारप्रसार हुने र व्यापार प्रबद्धर्नमा टेवा पुग्ने छ । महोत्सवको लागि अब केही दिनमै ४ ओटा स्थानीय तहको बैठक बसेर आ–आफ्ना स्थानीय तहबाट महोत्सवको मुल प्रस्तावना र कार्यक्रमका विषयमा साझा धारणा तय गरिने अध्यक्ष शर्माले जानकारी दिए ।

उनले स्थानीय निकायको बैठकको निश्कर्षमा पुगेपछि महोत्सवको प्रचारप्रसार, सहकार्य गर्ने संघ संस्था तथा प्रायोजक/सह–प्रायोजक संस्थासँग प्रस्तावना पत्र सहित छलफल अघि बढाइने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung