आज मेरो देशको प्रजातन्त्र शोकमा छ,
थाहा छैन अमन–चयन कुन लोकमा छ,
देखावटी दिवसहरु मनाउने बहानामा,
भुस्याहा कुकुरहरु पनि चोक–चोकमा छ,
थाहा छैन अमन–चयन कुन लोकमा छ,
कोही कांग्रेस, एमाले र कोही माओवादी,
फोहोरी राजनीति पनि सबथोकमा छ,
थाहा छैन अमन–चयन कुन लोकमा छ,
सामान्य जनतामा छैन कुनै तन्त्रको आभाष,
नेता मोज–मस्तिमा तर जनता भोकमा छ,
थाहा छैन अमन–चयन कुन लोकमा छ,
आज मेरो देशको प्रजातन्त्र शोकमा छ,
थाहा छैन अमन–चयन कुन लोकमा छ,







































































































































































































