बडिगाड गाउँकार्यपालिकाको नियमित वैठक गाउँपालिकाको कार्यालय ग्वालीचौरमा सम्पन्न भएको छ । वैठकले वडिगाड गाउँपालिका भित्र प्रत्येक महिना एक दिन जनश्रमदान अभियान सुरु गर्ने निर्णय गरेको छ ।
जसको लागी “एक महिनामा एक दिन अनिवार्य जनश्रमदान, वडिगाड गाउँपालिकाको जिवन्त अभियान” संचालन गर्ने निर्णय गरेको हो । वैठकले शिक्षक सरुवाका सन्दर्भमा परेका निवेदन अनुमोदन गरेको छ । त्यस्तै वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको स्वास्थ्य इकाई प्रशुति केन्द्रमा अहेवलाई काजमा खटाउने निर्णय गरेको छ ।
लक्षित वर्ग तर्फ महिला तथा वालवालिका र अपांगता भएकाहरु र लघुउद्यम कार्यक्रमको लागि विनियोजित कार्यक्रम संचालन गर्नको लागी परेका प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै त्रिभुवन मावि खर्वाङको लागी प्राविधिक शिक्षा व्यावस्थापन को रकम भवन निर्माणमा खर्च गर्न अनुमति दिने निर्णय गरेको छ ।
वैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































