३२ असार २०८२, बुधबार

 

कबिता

- बाेक्सी भनेर पिट्ने अधिकार कसले दियो तिमी लाई

तिमीहरू काे हाै
यहाँ बाेक्सी छुट्याउने
अनि एकजना चेलीलाई
घरबाट थुतेर ल्याउने
अनि बिच सडकमा
त बाेक्सी हाेस् भनेर
घण्टाै यातना दिने
तिमीहरू मानव हाै
कि दानव हाै
अलिकति पनि हृदय छैन
अझै पनि बाेक्सी भन्दै
लात हान्छाै एउटी छातिमा
लछारपछार गर्न लाज लागेन
अाफुलाई महिला भन्नेहरू
अाफुलाई नारी भन्नेहरू
समाज परिवर्तनका
संबाहक थान्नेहरू
साच्चै अहिले पनि तिमीहरूले
महाभारत कालमा झै
द्राेपतिकाे बश्त्र दुश्सासनले
चिरहरण गर्दा जस्तै
तमासा हेर्न लाज लागेन
अझै एकजना महिलालाई
कुटिरहदा हेर्ने मात्रै हैन
अझ मिलाइ मिलाइ
भिडियो खिच्ने तिम्रो अाँखा
तिम्रो हात धन्य हाे
तिमीहरूकाे छाेरी चेली छैनन्
अझै पनि बाेक्सी भन्दै तमासा
गर्न तमासा हेर्न लाज लागेन
हाे तिमीहरू लाई धिक्कार छ
साच्चै बाेक्सी हाे भने
तिमीहरू हाै
तिमीहरू भित्रकाे सामन्ती
मानसिकता हाे
सामन्ती चरित्र हाे
अब देखि यस्तो हरकत बन्द गर
अब कसैलाई बाेक्सी भन्ने
अधिकार तिमीहरू लाई छैन
खबरदार झाक्रीकाे नाममा गर्ने गलत
हरकत बन्द गर
महिलाले महिला माथि गर्ने
हिंसात्मक गतिविधि बन्द गर

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung