२९ असार २०८२, आईतवार

 

नेपालमै पहिलो पटक गायक जोहेवले ल्याए मेगा मिकस

करीब २२ बर्ष सांगीतिक क्षेत्रमा अहोरात्र खटेका जोहेब ले अहिले मिक्स गीत निकालेका छन ।म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ ,जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ । सम्भवत नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास गायक जोहेव मानन्धरले गरेका हुन् । डिजे एएन भनेर समेत चिनिने गायक जोहेव लभम्यासपको नाममा युट्युव मार्फत एक गीत सार्वजनिक गरेका छन् । सबैले हेर्न मिल्ने गरि सार्वजनिक गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ । जसको नाम गायकले मेगा मिक्स राखेका छन् । यस अघि पनि उनले बिभिन्न सोलो हिट गीत दिए सकेका छन । समझाना को चौतारीमा,केट शाइन (२,३,रिभाईब, इंडलेस्स जोर्नी जस्ता एल्बम निकाली सकेका मानन्धरका म यस्तो गीत गाउछु,तिमी बिना,सेलिना, तिम्रो एक नजर,किन किन, लालुपाते जस्ता हिट गीत दीएर आफ्नो नाम सांगीतिक आकासमा छुट्टै छाप पारी सकेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung