८ कार्तिक २०८३, शनिबार

 

बाग्लुङमा पहिलो दिनको अंग्रेजी बिषयको एसईई परिक्षा शान्तिपुर्ण ः६१ परिक्षार्थि अनुपस्थित

आजदेखि सुरुभएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन अंग्रेजी बिषयको परिक्षा देशभर सञ्चालन भईरहंदा बाग्लुङ जिल्लामा समेत शान्तिपुर्वक सम्पन्न भएको छ ।
कुल पांचहजार ३ सय ९४ परिक्षार्थि मध्ये ५ हजार २ सय ६१ जनाले परिक्षामा सहभागिता जनाएका छन् । जसमा रेगुलर र एक्जाम्टेड गरी ६१ जना बिधार्थि परिक्षामा सहभागि नभएको जिल्लाशिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताएका छन् ।
उनका अनुसार परिक्षा निर्धारीत समयमा सुरु भएको र जिल्लाका १ सय ३९ सहभागि बिधालयका ३१ परिक्षाकेन्द्रमा गतबर्षको तुलनामा सौहार्दपुर्ण रुपमा परिक्षा सम्पन्न भएको पौडेलले बताए ।
जिल्लामा नियमित तर्फ २ हजार ४ सय ८० छात्र, २ हजार ६ सय ९७ छात्रा गरी ५ हजार १ सय ७७ र एक्जाम्टेडतर्फ ३९ छात्र र ४५ छात्राले सहभागिता जनाएका हुन् । जसमा नियमित तर्फ १४ छात्र, १० छात्रागरी २४ र एक्जाम्टेडतर्फ १४ छात्र २३ छात्रा गरी कुल ६१ जना बिधार्थि अनुपश्थित भएको बताईएको छ ।
त्यस्तै जिल्लाको निसिखोला गांउपालीकाको प्रभामावि परिक्षाकेन्द्रमा ५९ बर्षिय जिवलाल कंडेलले परिक्षा दिएका छन् । जनविराज सुशिला माविमा परिक्षा फारम भरेका उनले सक्रियपुर्व पहिलो दिनको परिक्षा दिएको बताईएको छ । त्यस्तै बाग्लुङ स्थित ४५ बर्षिय बेलमती छन्त्यालले पनि खुल्ला परिक्षा दिएकी छन । जिल्लाबाट यस वर्ष १ जना दृष्टिविहीन र १३ जना बहिरा विद्यार्थीहरुले पनि एसइइ परीक्षा दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung