१२ कार्तिक २०८३, बुधबार

 

बाँसबाट बनेका सामाग्रीहरुको व्यापार घट्यो

युवापुस्तामा बैदेशिक मोह बढ्दै“ जादा परम्परागत रुपमा बा“सबाट बनेका सामाग्रीहरु उत्पादन तथा बिक्रि वितरणमा कमी आएको छ । पुराना मानिसहरुको मृत्यु हुने एवं युवाहरुमा यस्ता सामाग्री उत्पादन तर्फ ध्यान नजादा पनि कतिपय सामाग्रीहरु लोप हुने अवस्थामा छन् । चैत्राष्टमी मेलाको अवसरमा बागलुङ आएका व्यापारीहरुले विगतको तुलनामा अहिले व्यापार राम्रो नभएको बताउछन् ।

बागलुङका ग्रामिण क्षेत्रबाट बर्षभरी लगाएर निमार्ण गरिएका डाला, नाङ्ला, ढकीया लगाएतका सामाग्रीहरुको मुल्य कम सगै व्यापार पनि घटेको व्यापारीहरु बताउछन् । विशेष गरेर प्लाष्टिकका सामनाको बढ्दो प्रयोगले गर्दा बा“स तथा काठबाट उत्पादन गरेका सामाग्रीको माग घटेको चैत्राष्टमी मेलाका अवसरमा बागलुङको जलजलाबाट डाला, नाङलाको व्यापारको निम्ती आएका खगेन्द्र विकले वताए । उनले विगतमा चैत्राष्टमी मेलामा ल्याएका सामान केही समयमा नै सकिने गरेता पनि अहिले आधा भन्दा बढि फिर्ता गर्नुपर्ने अवस्था रहेको बताए । विभिन्न मेला महोत्सवमा लगेर बिक्रि गरेर जिवनयापन चल्दै आएपनि अब अन्य बिकल्प खोज्नुपर्ने समस्या सिर्जना हुन थालेको गुनासो गरे । उनी जस्तै तनहु देखि आएका एक व्यापारीले पुख्यौली पेशाबाटै आफ्नो जीवन यापन गर्ने भन्दै पछिल्लो समयमा यसको व्यापारले आफुहरुलाई निरासाजनक बनाएको बताउछन् ।
बा“सबाट बनेका डालीहरुलाई २ सय ५० देखि ६ सय रुपै“या सम्म बिक्रि गरेका छन् । सामान खरिद गर्नेहरु बढी ग्रामिण भेगका मानिसहरु रहेको बताइएको छ । पछिल्लो समय खाद्यन्न तथा अन्य घरायशी सामानहरु आयात बढी हुने भएकाले पनि डाला, नाङ्लोको आवश्यकता कम हुदै“ गएको देखिन्छ । यस्ता सामाग्री बनाउदै“ आएका व्यक्तिहरुले युवापुस्तामा रहेको वैदेशिक मोहका कारण परम्परागत सामानहरु लोप हुने सम्भावना बढेको बताउछन् । उनीहरुले यसका लागि राज्यले नै परम्परागत सामाग्रीको संरक्षणमा लाग्नुपर्ने भन्दै सुझाव समेत दिने गरेका छन् ।
देशले आर्थिक समृद्धिको नारा लगाइरहदा गाउघरमा उपलब्ध हुने बा“स र निगालोको चोयाबाट बनाइएको नाङ्लो र डालोको व्यापार घट्नु आर्थिक समृद्धिको हिसावले सकरात्मक नभएको जानकारहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung