१३ बैशाख २०८१, बिहीबार

 

अंग्रेजलाई हराउने उजिरसिंह

डा. दिनबहादुर थापा
सहप्राध्यापक, त्रिभुवनविश्वविद्यालय

राष्ट्र र राष्ट्रियताको गफ गर्दा कसैले पृथ्वीनारायण शाहको नाम लिन्छन् । कसैले भीमसेन थापाको नाम लिन्छन् त कसैले जंगबहादुर राणाको पनि । कसैले राजा महेन्द्रको, कसैले मरिचमान सिंहको त कसैले के.पी.आलीको पनि नाम लिएको सुनिन्छ । सबै शासकले आपूmलाई राष्ट्रवादी नै भन्छन् । कवि लेखकहरु पनि आपूmलाई सबैले राष्ट्रवादी नै भन्न रुचाउँछन् । गोपालप्रसाद रिमालले भनेका छन्‘यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए ।साम्राज्यदुई हारे, हारेन सान हाम्रो ।।’ ।अब नेपालको सान बढाउने व्यक्तिको खोजी गर्ने दिन आयो ।

नेपालको सान त्यसै बढेको होइन । हाम्रो सान बढाउन लाखौं योद्धाहरुको बलिदानी र कुर्बानी छ ।नेपालको एकीकरण भएपछि नेपालीहरु साम्राज्यवादी अंग्रेजसँग घमासान युद्ध लड्नु प¥यो । युद्धका बहाना जे भएपनि लडाइका प्रमुख किल्ला वा गढीहरु नालापानी, मलाउ, काँगडा, जैथक, मकवानपुरगढी, सिन्धुलीगढी, रसुवागढी, जितपुरगढी आदि थिए । अंग्रेजले पूर्ण तयारीका साथ नेपाललाई चारैतिरबाट घेराबन्दी गरी आप्mनो अधीनमा लिन चाहन्थ्यो । आधुनिक हात हतियारले सुसज्जित अंग्रेज फौजसँग लड्न नेपालका तर्फबाट तराई प्रदेश वा विजयपुर क्षेत्रको सुरक्षार्थ काजी बख्तावरसिंह थापाको नेतृत्वमा दुई हजार सेना खटाइयो । मकवानपुर क्षेत्रको सुरक्षार्थ कर्णेल रणवीरसिंह थापाको नेतृत्वमाचार हजार फौज खटाइयो भने पाल्पा क्षेत्रको सुरक्षार्थ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तीनहजार फौज खटाइयो । त्यसै गरी सरदार अमरसिंह थापाको नेतृत्वमा तीनहजार फौज सुदुर पश्चिमको कुमाउ गढवाल क्षेत्रको सुरक्षार्थ खटाइयो । तर दुःखको कुरा पूर्ण तयारीका साथ आएका अंग्रेजसँग नेपाली फौजले वीरतापूर्वक लड्दा लड्दै पनि पाल्पा क्षेत्रबाहेक धेरै ठाउँमा पराजित हुनुप¥यो ।

लडाइका किल्लाहरु मध्ये पनि सबैभन्दा महत्वपूर्ण किल्ला पाल्पा राज्य अन्तर्गत पर्ने बुटवल बजारको पश्चिम पट्टि बग्ने तिनाउ नदीको किनारमा अवस्थित जीतपुर गढी थियो । यो गढी तत्कालीन पहाडको टाकुरामा निर्माण गर्ने प्रचलन विपरीत होंचो र पहाडको खोंचमा रहेको थियो । यही गढीमा भएको दुवै युद्धमा अंग्रेज फौज नराम्रो सँग हार्नु वाहार खानु प¥यो । यो युद्धमा दुवैतर्फ ठूलो क्षति भएपनि नेपालका लागि पाल्पा क्षेत्र जित्नु ठूलो उपलब्धि थियो ।
रणबहादुर शाहले पाल्पा राज्यलाई छलपूर्वक नेपाल राज्यमा एकीकरण गरेपछि पाल्पा राज्यअन्तर्गत पर्ने बुटवल र स्यु राजलाई अंग्रेजले पनि आप्mनो हो भनी दावी गरेको थियो ।नेपाल र अंग्रेज बीचभएको युद्ध (विसं. १८७१–०७२) को देखाउने मुख्य विवादको विषय यही बुटवल र स्युराजको भूमिथियो । तर अंग्रेजको भित्री मन साय भने पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गरी आप्mनो व्यापारिक मार्ग बुटवल–पाल्पा–काठमाडौं–केरुङ मार्गलाई कब्जा जमाउनु थियो (कर्णबहादुर बानियाँँको भनाइ) ।

नेपाल एकीकरण पछि पाल्पा ‘गौँडा’ सबैभन्दा पछिल्लो चरणमा एकीकरण भएको र अंग्रेजसँग बुटवल र स्युराजको विषयमा विवादित क्षेत्र भएका कारण पनि यो क्षेत्र नेपालको बढी संवेदनशील मानिन्थ्यो । यही संवेदनशीलता लाई विचार गरी भीमसेन थापाले पहिले आप्mनै बाबु अमरसिंह थापा र उनको मृत्यु भएपछि उनैका भतिज उजिरसिंह थापा लाई उक्त क्षेत्रको जिम्मेवारी प्रदान गरेका थिए ।

 

उजिरसिंह थापा१९ वर्षको उमेरमा कर्णेल भई पाल्पा आए । त्यहाँ आएपछि उनले थुप्रै रचनात्मक कामहरु गरे । आन्तरिक र वैरीसँगको मुकाबिला गर्न सैनिक शक्तिको राम्रो प्रबन्ध मिलाउनुपर्ने थियो । ठाउँ ठाउँका गौँडा र गढीहरुमा सैनिक प्रबन्ध मिलाउनुका साथै चुस्त प्रशासनिक व्यवस्था र शान्ति सुरक्षा मिलाउनुपर्ने अवस्था थियो । पहिले उनले पाल्पागौँडाबाट जङ्गी, निजामती र न्याय सम्पादन कार्यको राम्रो प्रबन्ध मिलाए । उनले राजश्व संकलन गर्न तहसिल अड्डा र जङ्गी बन्दोबस्तीका लागि सिलखान, बारुदखान, मेगजिन, तोपखाना, हात्तिसार, घोडा तबेला आदि अड्डाहरु स्थापना गरे। न्याय सम्पादन गर्न विसं. १८७९ मा छ परिच्छेदको ‘जङ्गी तथा निजामती स्थिति बन्देज’नामको एकीकृत ऐनको संहिता मस्यौदा तयार गरे। यसैका आधारमा विसं. १९१० मा नेपालको पहिलो मुलुकी ऐन बनेको थियो ।

उजिरसिंह थापाको राष्ट्रका निम्ति सबैभन्दा ठूलो योगदान नै अंग्रेजलाई युद्धमा हराउनु थियो । यदि उनले अंग्रेजलाई हराउन नसकेको भए सायद नेपालको इतिहास कुन दिशामा मोडिने थियो कसैले परिकल्पनागर्न सक्दैन । नेपालको इतिहासमा जीतपुर गढीको युद्ध सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय मानिन्छ । अंग्रेजसँगको यो युद्ध विसं. १८७१ पौष २२ गतेदेखि विसं. १८७२ जेठसम्म गरी दुई पटकसम्म भएको थियो । यो युद्धको नेतृत्व नेपालका तर्फबाट कर्णेल उजिरसिंह थापाले गरेका थिएभने अंग्रेजका तर्फबाट जोन सुलेभान उडले गरेका थिए । अंग्रेजहरु आधुनिक हतियार सहित करिब चार हजारको संख्यामा थिएभने नेपाली फौज एउटा मात्रतोप, बन्दुक र स्थानीय हतियार सहित तीन हजारको संख्यामा थिए ।

कमजोर हात हतियार र कम सैन्य शक्ति हुँदाहुँदै पनि पाँच महिना सम्मको लामो युद्धमा नेपाली फौजले अंग्रेजलाई दुई पटकसम्म नराम्रो सँग पराजित गर्नुमा यिनै उजिरसिंह थापाको बौद्धिक युद्धकला र सहसीनेतृत्व क्षमता नै थियो । अंग्रेजसँगको प्रत्यक्ष र आमने सामने भइ युद्ध लड्ने काम भक्तिथापा, बलभद्र कुँवर र अमरसिंह थापाहरुले गरे पनि युद्धकलाबाटै अंग्रेजहरुको होस उडाउन र मातृभूमिको रक्षागर्न यिनै उजिरसिंह थापा मात्र सफल भएका थिए ।

जीतपुर गढीदेखि करिब ७किलो मीटरमाथि डाँडामा नुवाकोट गढी र करिब ८ किलो मीटर टाढा अर्को काठे गढी थिए । जीतपुरगढी पहाड र मधेसलाई जोड्ने मुख्य नाका नै थियो । यीदुवै गढी उजिरसिंह थापाले निर्माण गर्न लगाएका थिए । यिनै गढीहरुमा उनले आप्mना तीनहजार फौजलाई वितरण गरी बलले भन्दापनि छलको कुटनीति प्रयोग गरी युद्ध जित्न सफल भए । उनको युद्धनीति अरुको भन्दा फरक थियो । उनले आप्mना सेनाहरुलाई पहाडको खोंच र कन्दरामा राखी अग्लो ठाउँबाट होंचो ठाउँमा प्रकृतिको सहयोग लिई घरेलु हतियार प्रहार गर्ने रणनीति अपनाएका थिए । उनी युद्धलाई जसरी हुन्छ लम्ब्याएर दीर्घकालीन जनयुद्ध बनाउन चाहन्थे । उनको यो युद्ध कौशलबाट हार खाएपछि अंग्रेजहरु सन्धि गर्न बाध्य भएका हुन् । यसैको परिणाम स्वरुपम विसं. १८७२ फागुन ५ मा सुगौली सन्धिभयो । यो सन्धिबाट नेपालले धेरै भूभाग पनि गुमाउनु प¥यो तर खुशीको कुरा अंग्रेजलाई नेपाल बुझाउन परेन । अंग्रेजहरुले जुन क्षेत्र प्राप्तिका निम्ति ठूलो बलिदान गर्नुप¥यो उक्त क्षेत्र बुटवल नेपालले गुमाउनु परेन । यो उपलब्धि उजिरसिंह थापाको हो ।

उजिरसिंह थापामा धर्मप्रतिको आस्था, संस्कृतिप्रति मोह र राष्ट्रप्रति बफादारी भावना थियो । धर्मप्रतिको आस्थाका कारण अंग्रेजसँगको युद्धमा जाँदा उनले तानसेनकी भगवतीका सामु शक्तिको वरदान माग्दै युद्धमा विजयी भएमा भगवती माताको कलात्मक मन्दिर बनाइ अष्ट धातुको मूर्ति समेत स्थापना गर्ने र प्रत्येक वर्ष भगवतीको सिंदुर जात्रा गराउने भाकल गरेका थिए । यही भाकल अनुसार युद्ध जितेपछि पाल्पाको तानसेन बजारमा‘रणउजिरेश्वरी भगवती’को भव्य मन्दिर निर्माण गर्न लगाइ नित्य पूजा र प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवतीको सिंदुर जात्रागर्ने परम्पराको थालनी उनैले गरेका हुन भन्ने भनाइ शोधकर्ता कर्णबहादुर बानियाँँको पनि छ ।

यसरी देशको अस्तित्व रक्षाका निम्ति जीउ ज्यानको बाजी लगाएर बल र बुद्धि दुवै उपयोग गरी वैरीसँग लड्ने नेपाल आमाका वीर सपूतहरु मध्येका एक युगपुरुष कर्णेल उजिरसिंह थापा हुन् । उनले मुलुकका लागि जुन अविस्मरणीय योगदान पु¥याए त्यसलाई भुल्नु महाभुल हुनेछ । राष्ट्रका निम्ति सबै लडे, सबैले राम्रो कामपनि गरे । अब इतिहासको पानाबाट नेपालको सान बढाउने युग पुरुषहरुको खोजीगर्ने समय आएको छ । अरुको सम्मान गर्नेले मात्र आपूmले सम्मान पाउँछ । वि.सं. १८५२ चैत्र कृष्ण प्रतिपदाका दिन जन्मिएर १८८१ मार्ग १२ मा स्वर्गवास भएका उजिरसिंह थापा नेपालका राष्ट्रिय विभूति बन्नलायक व्यक्ति हुन् । उनलाई नेपालको सान बढाउने सिंह भन्दा अति सयुक्ति हुँदैन । तसर्थ आजको दिनमा उनको कामको अनुसरण र नामको स्मरण गर्दा नेपालीको सान अझै बढ्ने देखिन्छ ।

कर्णेल उजिरसिंह थापा (१८५२–१८८१)

प्रतिक्रिया दिनुहोस्