
म मृत्यु प्यारो भएको मान्छे
दुखमा चोट रहेको मान्छे ।।
के देख्नु सपना सहिद बनाउन
ज्युदैँमा स्वर्ग गएको मान्छे ।।
चाहना सवै कहाँ हुन्छन पुरा
मृत्यु नजिक आएको मान्छे ।।
के बाँच्नु मृत्यु अगाँलेर
नजरले धोका खाएको मान्छे ।।
हेराइलाई सुन्छु आवाजलाई देख्छु
मस्तिष्क पागल भएको मान्छे ।।
के बाँच्नु पागल भइ भइ
मृत्यु प्यारो भएको मान्छे ।।