चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालित लघुवित्त कार्यक्रमको वार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको चौथो दिन बिहीवार पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।
लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हा“सिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठिको उद्घाटन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।
उद्घाटन पश्चात बोल्दै पौडेलले लघुवित्त कार्यक्रम नेपाल जस्तो विकासउन्मुख राष्ट्रका लागि एउटा महत्वपूर्ण वित्तीय औजार भएको बताए । वित्तीय पहुँच भन्दा टाढा रहेका जनताहरुलाई सामुहीक जमानीमा विना धितो कर्जा सुविधा प्रदान गर्ने, बचत गर्ने वानीको विकास गर्ने र महिला दिदीवहीनीहरुको आर्थिक, सामाजिक लगाएतका सबै क्षेत्रमा शशक्तिकरण गर्ने कार्य लघुवित्त कार्यक्रमले गरिरहेको पौडेलको भनाई थियो । पौडेलले सिवाईसी लघुवित्त कार्यक्रमले नाफामा भन्दा पनि सदस्यहरुको आर्थिक तथा सामाजिक जिवनस्तर परिवर्तनका क्षेत्रमा कार्य गरिरहेको समेत बताएका थिए ।
कार्यक्रममा सिवाईसी नेपालका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, रामपुर शाखा कार्यालय अन्तर्गतका उद्यमी सदस्य अन्जु दर्जी, सपना गाहा, केन्द्र प्रमुखहरुको तर्फवाट अनीता राना, रामपुर शाखा स्तरीय सञ्जालका निर्देशक ईश्वरीदेवी काफ्ले लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रमकै क्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः शान्ति आत्मनिर्भर महिला केन्द्र खोप्ताङ, मनकामना आत्मनिर्भर महिला केन्द्र सदावर्त र सीताराम आत्मनिर्भर महिला केन्द्र सदावर्त, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए। रामपुर शाखा अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा संस्थाका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत अधिकारी र प्रवन्धक संगिता शर्मा पौडेलले सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक बालकृष्ण भण्डारी र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी गराएकी थिईन ।
२०४९ असोज २६६ गतेका दिन तित्याङबाट स्थापीत संस्थाले हाल देशका ६ वाटा जिल्लामा २१ वटा कार्यालयहरु र १३० जना कर्मचारीहरु मार्फत ग्रामिण भेगमा रहेको गरिव, विपन्न तथा पछाडि पारे पारिएका वर्गहरु माझ लघुवित्त कार्यक्रम मार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा हाल ३८ हजार सदस्यहरु, ५५ करोड बचत, ८९ करोड लगानीमा रहिरहेको ऋण, १४ करोड कोष र १ अरब १४ करोड बरावरको सम्पत्ती रहेको छ ।



















































































































































































































