३२ असार २०८२, बुधबार

 

खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि अभिमुखिकरण

हामी सबैको एउटै रहर, पुर्ण सरसफाई युक्त गाउ सहर भन्ने उदघोषका साथ नगर स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाई समबन्धि अभिमुखीकरण कार्यक्रम  हटियामा सम्पन्न भएको छ ।

गलकोट नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना बागलुङको आयोजनामा उक्त अभिमुखिकरण सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय स्तरमा खानेपानीको अवस्था, हालसम्म ५२ वटा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको, संघिय संरचना अनुसार ४६० गाउपालिका मध्ये ३३३ र २९३ नगरपालिका मध्ये १६४, ७ प्रदेश मध्य ४, ६ र ७ नं प्रदेशलाई घोषणा गरिएको जानकारी गराईएको थियो । त्यस्तै बागलुङ जिल्लामा ९० प्रतिशत, गलकोट नगरपालिकामा ९३ प्रतिशत स्थानमा खानेपानी पुगेको तथा ६१ प्रतिशतले खानेपानी राम्रो सॅग सञ्चालनमा ल्याएको र बागलुङ जिल्लामा ६१ वटा खानेपानीका योजना सुचारु रहेको जानकारी गराईएको थियो । अहिले खुल्ला दिसा मुक्त अवस्था, दिगोपना, पानीको मुलको विवाद, पानीको मुहान सुक्दै जाने, खानेपानीको दिगो सञ्चालनमा समस्या, खोलानाला फोहोर हुदै गएको, खानेपानी सॅगै सरसफाईमा ध्यान नपुगेको, योजना प्राथिमिकिकरणमा समस्या रहेको, सरसफाई कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको लगायतका समस्या, चुनौतिको बारेमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा हात धुने, पानी शुद्विकरण गरि पिउने, दॉत मॉझने, शौचालयको नियमित प्रयोग र आनी बानीलाई परिवर्तन गर्ने आवश्यकताको बारेमा मल्टिमिडिया प्रोजेक्टरको माध्यमबाट सहजीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा गलकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, उपभोक्ता समितिका पदाधिकारीहरु, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्र भक्त विष्ट, वास जिल्ला सल्लाहकार रितु प्रसाद चौलागाई, गलकोट नगरपालिका वास समन्वय समिति सदस्य हरि चालिसेले सहजीकरण गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, जिल्ला वास ईन्जिनियर विवेक सापकोटाको स्वागत र वासका गलकोट नगर संयोजक दुर्गा सञ्चालनमा सम्पन्न थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung