बागलुङ, कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने विदेशी एवं स्वदेशी पर्यटकको भीड लागेको छ । बागलुङ र पर्वतको सिमाना रहेको नया“ पुलमा ¥याफ्टिङ गर्ने आन्तरिक एवं विदेशी पर्यटकहरु आउने गरेका छन । पर्यटकहरु पोखराका बिभिन्न ¥याफ्टिङ तथा ट्राभल कम्पनी र पर्वतको नय“ा पुलबाट संचालित कालिगण्डकी रिभर ब्येच क्याम्प मार्फत नदीमा ¥याफ्टिङ गर्ने गरेका छन ।
पर्यटकहरु कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पती, जलचरहरुको अवलोकन सगै ¥याफ्टिङमा आकर्षित हुने गरेका छन । कालिगण्डकीमा नदीमा ¥याफ्टिङ गर्दा प्राकृतिक आनन्द र रमाइलो हुने गरेकोले बिदेशीहरु आउने गरेको पर्यटक गाईड सञ्जय श्रेष्ठले बताउनुभयो ।
¥याफ्टिङको लागि कालिगण्डकी नदी उचित स्थान रहेको उहाले बताउनुभयो । ¥याफ्टिङको लागि ईजरायली,अमेरिका,युरोपीयन लगाएका देशबाट पर्यटकहरु आउने गरेको छन । बिदेशीसगै स्वदेशी पर्यटक समेत ¥याफ्टिङका लागि आउने गरको छन । ¥याफ्टिङको लागि दुई सिजन चैत्र,बैशाख र असोज,कात्तिक,मंसिरमा पर्यटकहरु आउने गरेका छन । पर्यटकहरुलाई ¥याफ्टिङमा सहज बनाउन पर्वतमा नै कालिगण्डकी रिभर ब्येच क्याम्प मार्फत सेवा प्रदान गर्दै आएको संचालक होम पुनले बताउनुभयो ।
पर्यटकले ¥याफ्टिङ गर्दा झन्झट बेर्होन नपरोस भन्नको लागि जलयात्रा सुरु हुने स्थानमा नै एक करोड रुपैय“ामा क्याम्प संचालन गर्दै आएको पुनले बताउनुभयो । बिदेशीहरु एकआपसमा पानीमा छ्यापाछ्याप गरेर मजा लिन आउने गरेको उहाले बताउनुभयो । कालीगण्डकी नदीमा दुई सिजनमा १ हजार देखि १ हजार २ सय सम्म बिदेशी पर्यटक ¥याफ्टिङको लागि आउने गरेको पुनले बताउनुभयो ।
आन्तरिक पर्यटक मात्र दैनिक १ सय जना आउने गरेका छन ।जलयात्रा गरे बापत विदेशीले प्रति व्यक्ति १ सय ५० डलर र आन्तरिक पर्यटकले ५ सय देखि ४ हजार ५ सय रुपैय“ा सम्म तिर्ने गरेका छन । नय“ा पुलबाट सुरु भएको जलयात्रा स्याङजाको मिर्मि सम्म पुगेर टुग्गिने गरेको छ । तीन दिनको व्याकेजमा आउने गरेका पर्यटकहरु जलयात्राको क्रमममा नदी किनारमै बास बस्ने गरेका छन । जलयात्राको लागि कालीगण्डकी नदी पर्यटकको गन्तव्यको रुपमा परिणत भएको छ ।
















































































































































































