१८ भाद्र २०८३, बिहीबार

 

जैदीमा दलित समुदायलाई विद्युतीय सामग्री

लामो समयदेखी अन्धकारमा बस्दै आएका यहाँका अति विपन्न दलित समुदायका नागरिकहरुलाई विद्युतीय सामग्री वितरण गरेको छ । बागलुङको जैमुनी नगरपालिका–७ जैदीका बुधवार एक कार्यक्रमको आयोजना गरि अति विपन्न दलित समुदायका १८ घरधुरीलाई विद्युतीय सामग्री वितरण गरिएको हो । वडा सदस्य केन्द्र रसाईलीको पहल र नेपाल विद्युत प्राधिकरण बागलुङको सहयोगमा मिटर, एउटा बकस,एउटा एम.सी.वि, ३० मिटरको दरले निकाससामग्री वितरण गरिएको हो ।

वडा सदस्य केन्द्र रसाईलीले दलित समुदायको आवश्यकता र पहिचानलाई मध्येनजर गरेर सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार समुदायमा अति विपन्न भई लामो समयदेखी अन्धकारमा बस्न बाध्य भएका १८ घरधुरीलाई विद्युतीय सामग्री वितरण गरिएको हो । वडा कार्यालयले लक्षित बर्गको कार्यक्रम अनुसार सामग्री वितरण गरेको रसाईलीले जानकारी दिए । विद्युतीय सामग्री वडा अध्यक्ष जितवहादुर राना, वडा सदस्य केन्द्र रसाईली,कुमारी थापा राना र विमला सुनार लगायत सयौको उपस्थिती रहेको थियो । वडा अध्यक्ष जितवहादुर रानाले दलित समुदायको आत्मबल बढाउन वडाले विभिन्न काम गर्ने बताए । उनले विकास निर्माण सँगै वडा कार्यालयले समुदायको पछि परेका बर्गको निम्ती काम गर्न उद्घोष गरे ।
कार्यक्रममा बौल्दै दलित वडा सदस्य केन्द्र रसाईलीले जिवनमा धेरै काम गरेको भएपनि आज वास्तविक दलित समुदायका निम्ती काम गर्दा खुशी भएको बताए । साथै उहाँले आफ्नो सम्पूर्ण जिवन दलित तथा पछाडी परेका बर्गहरुको उत्थानका लागि खर्च गर्ने बताए । प्राविधिक कारणले गर्दा आजसम्म उज्यालै बनाउन सकिएको थिएन, उनले भने ‘अधुरो काम पुरा गर्न पाउँदा खुशी लागेको छ ।’ साथै उनले विद्युत प्राधिकरणलाई धन्यवाद दिँदै अव कसैको घर अन्धकार नहुने दावी गरे ।
विद्युतीय सामग्री पाएपछि गंगे सार्कीले खुशी व्यक्त गरे । ‘हामी त जिन्दागी भर अन्धकारमा बस्नुपर्ने सोचेका थियौँ । रकमको अभावमा ट्रासमिटर किन्न सकेका पनि थिएनौ । बल्ल हामीलाई स्थानीय सरकार आएको महशुस भयो’ सार्कीले भने । उता जैदी नगरपालिका–७ विराउनेकी मन्धरी नेपालीले पनि धेरै बर्षपछि ट्रासमिटर पाउँदा खुशी लागेको बताईन । ‘मैले सोचेको पनि थिईन–उनले भनीन, हामीले वडा कार्यालयले वितरण गरेको सामग्री प्रति हामी ऋणी छौँ ।’ विद्युतीय सामग्री पाएपछि स्थानीयवासी हर्षित भएका छन् ।

लामो समयदेखी अन्धकारमा बस्दै आएका दलित, विपन्न समुदाय विद्युतीय सामग्री पाएपछि आफ्ना अन्धकारका दिन समाप्त भएको बताएका थिए । वडा कार्यालयले सामग्री हस्तान्तरण सँगै जड्नको समेत व्यवस्था गरिदिएपछि स्थानीय झन हर्षित भएका छन् । वडाले विद्युत जडनका लागि दलित विद्युत जडान उपभोक्ता समेत गठन गरेको छ । वडाले कमल नेपालीको अध्यक्षतामा ११ सद्यस्यीय समिति गठन गरेको जनाएको छ । गाउँमा विद्युत नहुँदा विशेष गरि विद्यार्थीहरु ठुलो समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung