३२ असार २०८२, बुधबार

 

धार्मिक संस्थालाई सोलार वितरण

बागलुङ नगरपालिका भित्रका धार्मिक तथा आध्यात्मिक संस्थाहरुलाई सोलार वितरण गरिएको छ । नगरपालिका भित्रका ५२ वटा मन्दिर तथा आध्यात्मिक संस्थालाई सौर्य उर्जा प्रणाली वितरण गरिएको हो ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोग, क्वालीटी नविकरणीय उर्जा प्रालि र बागलुङ नगरपालिका को समन्वयमा मन्दिरका अध्यक्ष तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ नगरपालिका ७२ वटा संस्थाको सिफारिस गरे पनी यस पटक ५२ वटालाई मात्र प्राप्त भएका कारण उनिहरुलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले बताए । बैकप्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८० प्रतिशत र बागलुङ नगरपालिकाको २० प्रतिशत लगानीमा सोलार वितरण गरिएको हो ।

प्रत्येक मन्दिरका लागि २० एम्पिएरको व्याट्रि, २० वाटको सोलार प्यानल ३ वटा बल्व र आवश्यक पर्ने तार वितरण गरिएको छ । आगामी आर्थिक वर्ष भित्र नगर क्षेत्रका हरेक समुदायमा रहका धार्मिक संस्थालाई सौय उर्जा वितरण गरिने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख जनकराज पौडेलले बताए । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जिल्लाका अन्य स्थानियतहका विद्यालय, स्वास्थ्य संस्थाहरुमा पनि सोलार वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung