११ कार्तिक २०८३, मंगलवार

 

सबैको सहयोगमा परिवार नियोजनलाई अगाडि बढाउछु -श्रेष्ठ

सबै सरोकारवालाहरूको सहयोगमा परिवार नियोजनलाई अगाडि बढाउने नेपाल परिवार नियोजन संघ बागलुङको सभापति निर्माण कुमार श्रेष्ठले बताए। शाखा निर्वाचन नतिजा घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रममा नव निर्वाचित सभापति श्रेष्ठले उक्त विचार व्यक्त गरेका हुन ।

उक्त कार्यक्रममा बागलुङ उघोग वाणिज्य संघको अध्यक्ष जयराम भारी र नयाँ विश्व डटकमको कार्यकारी सम्पादक मुकेश राजभण्डारीले नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित समितिको नेतृत्वलाई निर्वाचन समितिको अधिकृत अधिवक्ता भुमिश्वर गौतमले सपथ गराएका थिए । निर्माण कुमार श्रेष्ठको अध्यक्ष तामा भएको उक्तको स्वागत सदस्य देवबहादुर श्रेष्ठले र संचालन नवराज तिवारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung