२५ असार २०८२, बुधबार

 

बागलुङ पर्यटन विकास समितिको अध्यक्षमा खड्का

बागलुङ पर्यटन विकास समितिको अध्यक्षमा राजु खड्का सर्वसम्मत चयन भएको छ । कालिका भगवती गुठीको अध्यक्ष भएर मन्दिरको संस्थागत विकास ,पर्यटन प्रवर्दन र धार्मिक पर्यटन बागलुङ भित्र्याउन खड्का सफल भएका थिए ।

समितिको उपाध्यक्ष राज थापा ,शेरमान धर्ति सचिवमा अर्जुन चोखाल ,सहसचिवमा निलेश राजभण्डारी कोषाध्यक्षमा मुकेश राजभण्डारी र सदस्यहरूमा दिल श्रीस ,गण्डकी थापा ,दिलबहादुर धर्ति ,कमला पुन ,दानबहादुर थापा ,हिरा पुन र सुरज थापा रहेका छन ।

यसै गरी लेखा समितिको संयोजकमा विष्णु अधिकारी र सदस्यहरूमा नारायण प्रसाद आर्चाय र विजय राना रहेका छन । बागलुङ पर्यटन ,धार्मिक पर्यटन ,पदयात्रा र होमस्टेको ठुलो संभावनाको ठाउँ हो ।

हामी सबै सरोकारवालाहरूसंग सहकार्य गरेर सबै स्थानीय तहको पर्यटन संभावना बाहिर ल्याउन र यसबाट जनताको जीवनस्तर माथि उठाउने काम गर्ने अध्यक्ष खड्काले नयाँ विश्वलाई बताए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung