११ कार्तिक २०८३, मंगलवार

 

विहु काउले गाउँको एक घर भत्कियो, सबै घर जोखिममा

काठेखोला गाउँपालिका वडा नं ५ विहु काउलेमा अविरल वर्षाका कारण एक घर भत्किएको छ भने काउले गाउँको सबै घर जोखिममा छ ।विहु काउलेका विस्थापित हेमबहादुर क्षेत्रीको घर भत्केको वडा अध्यक्ष शिव प्रसाद कडेलले बताए ।केहि दिन अगाडि परेको अविरल वर्षाका कारण जमिन भासिदा विहु काउले गाउका चौध परिवार विस्थापित भएका थिए ।

यसरी नै अविरल वर्ष हुने र जमिन भासिने क्रम नरोकिने हो भने विहु काउले गाउँ भन्दा तलको विहु पोखरा गाउँ जोखिम रहेको वडा अध्यक्ष कडेलले नयाँ विश्वलाई बताए । दश मिनेटको पैदल दुरीमा रहेको विहु पोखरा गाउका १५ घर परिवार उच्च जोखिममा रहेको छ ।

मध्यपाहाडिको हिलो माटो सबै बगेर आउने र जमिन भासिने क्रम नरोकिएको विहु पोखराको गाउलेलाईपहिरोको खतरा हुन सक्ने भएकोले वडा मार्फत उच्च सतर्कता अपनाउन भनेको काठेखोला गाउपालिका अध्यक्ष अमर थापाले जानकारी दिए । विहुकाउले गाउँको अवस्था धेरै नै जोखिममा रहेकोले सबै खाले सुरक्षाको रणनीति अपनाउने प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung