फुटबल खेलको जन्म र विकास आफैमा जति रोचक छ , फुटबल विश्वकप प्रतियोगीताको प्रारम्भ र विकास पनि कम्ती रोचक छैन । हुन पनि लोकप्रियताको स्तरमा खेलहरुको राजा भने पनि हुने फुटबलका जति प्रतियोगिताहरु विश्वभर हुन्छन् , त्यति अरु कुनै खेलका हँुदैनन् । टेनिस, बेसबल, भलिबल , क्रिकेट , पौडी , बक्सिङ मार्शल आटर््स जस्ता तमाम खेल निकै चर्चित भए पनि यी खेलहरु सीमित मुलुकमा बढी व्याप्त छन् ।
यी सबैभन्दा बेग्लै, एकपटकमा बाइस जना खेल्न सकिने र खेल्नका लागि मेदान एवं करिब साढे चार सय ग्रामको एउटा बल भए पुग्ने हँुदा फटबल सम्भवत विश्वकै सबैभन्दा सजिलो खेल पनि हो । विश्वका दुई सयभन्दा बढी देशमा करोडौँ व्यक्तिहरुद्धारा खेलिने फुटबल अधिकांश युरोपेली, ल्याटिन अमेरिकी र अन्य थुप्रै देशहरुको राष्ट्रिय खेल समेत हो । राष्ट्रिय ,स्थानिय , क्षेत्रीय र अन्तराष्ट्रिय प्रतियोगीताहरु भइरहने गरे पनि फुटबलको सर्वाधिक ठुलो र लोकप्रिय प्रतियोगीता विश्वकप प्रतियोगीता नै हो जुन प्रत्येक चार चार वर्षमा आयोजना हुने गर्छ ।
हेर्दैमा निकै सामान्य छ फुटबल खेल । ११–११ जना खेलाडी भएका दई टोलीबीच फुटबल म्याच हुन्छ । प्रत्येक टोलीले विपक्षको गोलपोस्टमा गोल छिराउने प्रयास गर्छन् । गोलपोस्टभित्र बल छिराएमा गोल हुन्छ र दुईमध्ये बढी गोल गर्ने टोली विजयी हुन्छ । म्याच ४५ मिनेटको पूर्वाद्ध र ४५ मिनेटकै उत्तराद्र्ध गरी कुल ९० मिनेटको हुन्छ । पुर्वाद्ध र उत्तराद्धको बीचमा कम्तीमा पाचदेखि १५ मिनेट लामो विश्राम हुन्छ ।
प्रत्येक टोलीका दसजना खेलाडी विपक्षविरुद्ध गोल गर्न प्रयासरत हुन्छन् भने एक जना खेलाडी गोल बचाउन उभिएको हन्छ जसलाई गोलकिपर भनिन्छ । गोलकिपरबाहेक अरु कुनै खेलाडिले पनि बललाई हात अथवा पाखुराले छुन पाउँदैनन् । उनीहरुले केवल खुट्टा , टाउको या अरु कुनै भागले मात्र बल नियन्त्रण गर्नमा प्रयोग गर्न पाउँछन् । गोलकिपरले पनि गोलपोष्ट वरिपरिको निश्चित क्षेत्र भित्र मात्र हातको प्रयोग पाउँछ ।
फुटबलको मैदान आयतकार हुन्छ । यसको लम्बाइ ९० देखि १२० मिटर सम्म र चौडाइ ४५ देखि ९० मिटर सम्म हुन्छ । मैदानको चार कुनामा कम्तीमा डेढ मिटर अग्लो झन्डा गाडेको हुन्छ भने मैदानको चारैतिर अधिकतम १२ सेन्टिमिटर चौडा सेतो लाइन कोरिएको हुन्छ । गोलपोस्तको चौडाइ ७.३२ मिटर र जमिनदेखि त्यसको उचाई २.४४ मिटर हुन्छ । दुई टोलीको खेलाडीहरुले एक अर्काे टोलिसित छुट्टिने गरी खास रंगका जर्सी अथवा टी शर्ट , कट्टु र मोजाका साथै विशेष किसिमका जुत्ता र खुट्टाको सुरक्षाका लागि शिनर्गाड लगाएर खेल्नु पर्छ । सिंगो खेललाई एक जना रेफ्री र दुईजना लाइन्सम्यानले सञ्चालन गर्छन् ।
निर्धारित ९० मिनेटको समयमा गोल हुन नसकी म्याचको स्पष्ट निर्णय हुन नसकेमा थप ३० मिनेट अतिक्ति थपेर निर्णय निकालिन्छ । थप समयमा पहिलो गोल गर्ने टोली विजयी हुन्छ । उसले गरेको गोललाई गोल्डेन गोल भनिन्छ । यसरी पनि जीत हारको निर्णय हुन नसकेमा पेनाल्टी शुटआउट अथवा टाइब्रेकरबाट फैसला गरिन्छ । विश्वकप फुटबल प्रतियोगीताको इतिहासमा पेनाल्टी शुटआउटबाट भएको छ । त्यो टाइब्रेकरमा ब्राजिलले इटालीलाई ३–२ ले पराजित गर्दै चौथोपटक उपाधि जितेको थियो । खेलमा प्रयोग हुने बल छाला अथवा अरु कुनै स्वीकृत पदार्थको खोलबाट सिलाएर बनाइएको हुन्छ । बलको गोलइ ६८–७१ सेन्टिमिटर हुन्छ ।
फुटबल खेलको विकास कसरी भयो ।
त्यसो त फुटबलमा कतिपय नियमहरु एक डेढ सय वर्ष पुराना छन् । तापनि खेललाई सधैँ अधिकतम आकर्षक र सरलतम बनाउनका लाग खेल नियमहरुमा परिवर्तन गर्ने , संशोधन गर्ने गरिन्छ ।
खेललाई बढीभन्दा बढी कौशलयुक्त बनाउन यस्ता संशोधन हुने गर्छन् । तर यथार्य के हो भने वास्तवमा फुटबल खेलको विकास कथा निके लामो , धेरै पुरानो र निकै उतार चढावयुक्त छ । यसको प्राचीनता झन्डै मानव सभ्यताको आधुनिक विकासक्रमसँग जोडिएको छ भने पनि फरक पर्दैन । नि सन्देह आधुनिक फुटबलको जन्मदाता मुलुक इङ्ल्याण्ड हो ।
तर इतिहासकारहरुका अनुसार , फुटबलको प्रारम्भिक इतिहाका जराहरु एसियामा छन् । पुरानो समयमा चीन र जापानमा आधुनिक फुटबल खेलसँग मिल्दोजुल्दो खेल खेलिन्थ्यो । कालान्तरमा जसरी अरु सभ्याताहरु पुर्वमा पहिले विकसित भएर पश्चिम पुँगे अनि पश्चिमले त्यसमै बढी विकास गर्दै आफुलाई अघि बढायो , त्यसैगरी फुटबल पनि अनेक आरोह अवरोह झेल्दै पश्चिममै संगठनात्मक एंव व्यवसायिक रुपमा बलियो गरी स्थापित भयो । प्राचीन समयको चिनियाँ , जापानी ग्रीक र रोमन साहित्यमा फुटबलसँग मिल्दोजुल्दो खेलको वर्णन पाइन्छ ।
शत्रु नेताको टाउको काटेर फुटबल खेलियो
फुटबलको प्रारम्भको सन्दर्भमा एउटा दन्त्यकथा प्रचलित छ । आठौैँ शताब्दीमा बेलायतका टेम्स नदी छेउ किङसटन भन्ने ठाउँमा डेनमार्क र तत्कालीन बेलायती शासक सेक्स्टन जातिका सेनाबीच भयंकर युद्ध भयो । डेनिस सेना नराम्ररी पराजित भयो । र , विजयको खुशी मनाउने क्रममा सेक्स्टन सैनिकहरुले विरोधी डेनिस सेनाका प्रमुखको टाउको काटेर त्यसलाई फुटबल बनाई खेलेका थिए ।
यो घटना सत्य हुन पनि सक्छ , नहुन पनि । तर कुनै इतिहासकारहरुले यसको उल्लेख नगरेकोले यो केवल किम्बदन्तीको रुपमा मात्र रहेको मान्नु पर्ने हुन्छ । र किम्बदन्तीहरु सत्य हुदैनन् । इतिहासकारहरुले अनुसन्धन गरी पत्ता लगाएअनुसार , बेलायतमा बाह्रौ शताब्दीअघिसम्म फुटबल अथवा यससँग मिल्दोजुल्दो कुनै खेल कहिल्यै खेलिएको थिएन । बरु पर्याप्त प्रमाणहरु प्राप्त हुन्छन् , जसले इस्वी सन् सुरु भएको अर्थात् यिशु खिष्टको जन्म हुनुभन्दा सयौँ वर्षअघि पनि फुटबलसँग मिल्दोजुल्दो खेल हुने गथ्र्याे भन्ने कुराको पुष्टि गर्छन् ।
फुटबलको पहिलो रुपः त्सु चू र केमारी
सर्वस्वीकृत मान्यता के छ भने आधुनिक फुटबलको आदिम रुप करिब साढे दुई हजार वर्ष पहिले चीनमा खेलिन्थ्यो तिनताका जसलाई त्सु चू भनिन्थ्यो । त्सु को अर्थ हुन्थ्यो बललाई खुट्टाले हिर्काउनु र चू को अर्थ हुन्थ्यो छालाबाट बनाइएको भकुन्डो जसभित्र समान राखेर कोचेर त्यसलाई कडा पारिएको हुन्छ ।
त्यो खेल तत्कालीन चिनियाँ सम्राटको जन्म दिनका अवसरमा शाही उद्यानमा विशेष समारोहपुर्वक खेलिन्थ्यो । शाही उद्यानमा दुई टोलीका खेलाडीहरु भिड्थे । बाँसका कारिब नौ मिटर अग्ला खम्बा गाडेर गोलपोष्ट बनाइएको हुन्थ्यो र पोस्टमा जाली लगाइएको हुन्थ्यो । भनिन्छ सम्राटहरु स्वयं र शाही परिवारका सदस्यहरु पनि यो खेलमा भाग लिने गर्थे ।



















































































































































































































