
नेपाली काँग्रेसका नेता किरण राज शर्मा पौडेललाई नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।विस २०४० सालदेखि नेविसंघको विघार्थी राजनीतिबाट आफ्नो राजनीति शुरू गरेका पौडेल विस २०४२ सालको सत्याग्रहमा भाग लिदा गिरिफ्तारीमा परेका थिए ।विस २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै केन्द्रीय सदस्य र महामन्त्री समेत भएका थिए ।
विस २०४६ सालको जनआन्दोलनमा विघार्थी नेताको रूपमा आन्दोलनको नेतृत्व गरेका पौडेल विस २०५१ सालमा नेपाली काग्रेस जिल्ला समिति बागलुङको जिल्ला सदस्य रूपमा त्रियाशिल थिए । बागलुङ नगरपालिकाको पैयुपाटा गाउमा विस २०२३ सालमा जन्मिएका पौडेलले राजनीति र समाज सेवालाई संगसंगै लगि रहेका छन ।
विस २०६० सालमा महासमिति सदस्य समेत भएका पौडेललाई पार्टी सभापतिले पार्टी विधान र नियमावली २०६८ बमोजिम आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका नेता पौडेलले नयाँ विश्वलाई बताए ।पार्टी ले दिएको जिम्मेवारी उचो राख्दै नेपाली काग्रेसको राजनीतिलाई जनताको विचमा स्थापित गरेर फेरि जनसमर्थन बटुल्ने काममा अथक रूपमा लाग्ने नेता पौडेलले प्रतित्रिया दिए ।