काठेखोला गाउपालिकाको वडा नं ५ मिलनचोक स्थित पाँच घर पहिरोको उच्च जोखिममा परेको छ ।अविरल वर्षाले काउलेगाउ माथिको नन्दलाल परियार, गंगाबहादुर दर्जि,,सिरालल परियार ,शेखर दर्जि र चिन्तामणि दर्जिको घर पहिरोको उच्च जोखिममा परेको छ ।गत ११ गते अविरल वर्षाले जमिन भासिएपछि विहु काउलेको चौध परिवार विस्थापित भएको थियो ।
सुर्य कन्टक्सनले ग्याबिन बाल नलगाई कन जथाभावी डोजर लगाएर बाटो खन्दा पाँच घर जोखिएमा परेको काठेखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष शिव प्रसाद कडेलले जानकारी दिए ।



















































































































































































































