१० कार्तिक २०८३, सोमबार

 

सर्वोच्चले दियो राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई नहटाउन अन्तरिम आदेश

सर्वाेच्च अदालतले राष्ट्रिय सहकारी विकास बाेर्डका सह अध्यक्ष दक्ष पाैडेललाई हटाउने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अन्तरिम अादेश दिएकाे छ ।मन्त्रिपरिषद्काे निर्णय अनुसार कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पाैडेललाई पदमुक्त गरेपछि पाैडेल सर्वाेच्च अदालत गएका थिए ।
चार वर्ष कार्यकालका लागि नियुक्त भएका पाैडेललाई शुक्रबार अन्तरकालीन अादेश जारी गर्दै न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलासले सरकारलाई कारणसहित साउन १५ गतेसम्म छलफलमा अाउन अादेश जारी गरेकाे छ ।
सर्वाेच्चले गत विहीवार दुरसचार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउने सरकारकाे निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरकालीन अादेश जारी गरेपछि सरकार अपठ्याराेमा परेकाे छ ।
केेपी शर्मा अाेली नेतृत्वको सरकारले देउवा नेतृत्व सरकारकाे पालामा गरेकाे राजनीति नियुक्तलाई खारेज गर्ने निर्णय गरेपछि पदमुक्त सबै कर्मचारीहरू अदालत गएर सरकारकाे विपक्षमा अादेश अाउन थालेपछि विपक्षी अगाडि याे विषयले ठुलाे राजनीति चेपुवामा सरकार परेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung