
नेपालमा र विदेशबाट अध्ययन गरेर स्नातक तह उत्तीर्ण गरेका नेपाली युवाहरूलाई स्वयंसेवी शिक्षकको रूपमा ग्रामीण क्षेत्रमा शिक्षण गराउन नेपाल बंगलादेश बैकले टिच फर नेपालसँग सहकार्य गर्ने भएको छ ।टिच फर नेपालले यो अभियान २०७१ सालमा सिन्धुपाल्चोक जिल्लाबाट शुरू गरेको थियो । ग्रामीण भेगको बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उदेश्यका साथ नेपाल बंगलादेश बैंकले ५ लाख रूपैया सहयोग प्रदान गरेको बैँकले जनाएको छ ।
अहिले टिच फर नेपाल मार्फत ६ वटा जिल्लामा ५१ वटा सार्वजनिक विद्यालयमा ९ हजार विघार्थीहरूलाई ११ प्रज्ञार्थीहरूले शिक्षण गराइरहेका छन ।नेपाल बंगलादेश बैक र टिच फर नेपालको सहकार्यमा स्वयंसेवी शिक्षकहरूले २ वर्ष गणित ,विज्ञान र अग्रेजी विषयमा ललितपुर ,धनुषा,लमजुङ ,सिन्धुपाल्चोक ,दाङ र पर्सामा शैक्षिक अभियान शुरू गर्ने बैँकले जनाएको छ ।