बागलुङ नगरपालिकामा भएको अनियमितताको विरोध गर्दै नेपाली काग्रेस बागलुङले वक्तव्य निकालेको छ ।नेपाली काँग्रेस बागलुङको सभापति दीपेन्द्र बहादुर थापाले बागलुङ नगरपालिकामा भएको भष्टाचार ,पदको दुरूपयोग ,जथाभावी आर्थिक सहयोग वितरण र कमिशनको विषयमा नगर नेतृत्व बदनाम भएको वक्तव्यमा उल्लेख्य गरेको छ ।वक्तव्यमा भनिएको छ
बागलुङ नगरवासीको रगत र पसिनाबाट आर्जन करको चरम दुरुपयोग गरी नगर प्रमुख आलिसान महलमा बस्ने ,क्षेत्राधिकार नाधेर कर्मचारी ,शिक्षकको नियुक्ति र सरूवा ,बढुवा गर्ने पाईप ,तारजाली तथा इन्धनको आफ्नो कार्यकताहरूलाई बाढेको ,विना मापदण्ड आर्थिक सहयोगको नाममा लाखौ रकम वितरण गरेको ,नातेदारहरूलाई भर्ना गरेको,प्रमुख प्रशासकिय अधिकृत लगाएतका कर्मचारीहरूसंग लेनदेन ,जनताको करबाट उठेको रकम निजी विमान कम्पनीका जहाजलाई क्षतिपूर्ति ,ठेकदार,उपभोक्ता समिति र योजना फाटका कर्मचारीले कमिशन माग्ने जस्ता निन्दनीय समाचारहरू विभिन्न संचार माध्यममा आइरहेको छ तर यस्ता जघन्य र निन्दनीय समाचार आउदा समेत बागलुङ नगरपालिकाले वेवास्ता गरि आफ्ना नाजायज कार्यलाइ अगाडि बढाइरहेको छ ।वक्तव्यमा भनिएको छ ।
शुक्रबार जारी वक्तव्यमा बागलुङ नगरपालिकामा असार मसान्तमा भष्टाचार भएकोको सामाचार सार्वजनिक हुदा पनि नगरपालिका मौन बसेकोमा आर्चाय प्रकट गरेको छ ।नगरपालिकाले हरेक महिना सबै निर्णय ,आथिक र प्रशासकिय प्रगति सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक नभएकोमा लोकतन्त्रको उपहास भएको भनि विरोध जनाएको छ ।बागलुङ नगरपालिका जनप्रतिनिधि पारदर्शिता ,सुशासन र जवाफदेहीतामा नराम्ररी चुकेकोले यसको ठुलो मार जनताले भोग्नु पर्ने प्रतीअवस्था आएको वक्तव्यमा उल्लेख्य छ ।



















































































































































































































