१० कार्तिक २०८३, सोमबार

 

बुर्तिबाङको बाढी पीडित परिवारलाई ढोरपाटन नगरपालिकाले दियो राहत

साउन १ गते परेको अविरल वर्षाका कारण बुर्तिबाङ बजारमा आएको बाढीले क्षति पुर्याएको परिवारलाई ढोरपाटन नगरपालिकाले पीडित परिवारलाई राहत वितरण गरेको छ ।

ढोरपाटन नगरपालिकाको मेयर देब कुमार नेपालीले २८ परिवारलाई ८ लाख ६० हजार रूपैया वितरण गरेका छन ।पुर्ण रूपमा क्षेति भएका र आंशिक क्षेति भएका परिवारको विवरण संकलन गरि वितरण गरिएको थियो ।

अविरल वर्षाले बाढी आउदा बुर्तिबाङ बजार ,सेरा र भब्रेतामा क्षेति पुर्याएको थियो ।मेयर देब कुमार नेपालीले व्यक्तिगत रूपमा २८ परिवारलाई प्रती परिवार ५ हजारको दरले सहयोग हस्तान्तरण गरेका थिए ।

ढोरपाटन नगरपालिकाले जोखिम न्युनिकरण ,पुर्व तयारी र भूसंरक्षणको लागि जनसहभागितामा आधारित दैवीप्रकोप कार्यक्रम ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung