२६ भाद्र २०८३, शुक्रबार

 

नेपाल आउने पर्यटकको संख्यामा वृद्धि

नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । जुन महिनामा मात्र ६५ हजार १ सय ५९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको थियो । नेपाल पर्यटन बोर्डका अनुसार सन १०१७ को तुलनामा १६ दशमलव ४ प्रतिशतले बढी हो ।

गत मे महिनामा ६८ हजार ८ सय २५ पर्यटकले नेपाल भ्रमण गरेको थियो ।प्राय सबै पर्यटक हवाई मार्ग भएर आएको हो ।पर्यटन बोर्डका अनुसार गएको ६ महिनामा ५ लाख २० हजार पर्यटकले नेपाल भ्रमण गरेको थियो ।यो संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।

नेपाल आउने विदेशी पर्यटकमा चीनबाट आउने पर्यटकमा वृद्धि भई ८ हजार ७ सय पुगेको हो ।चीनबाट आउने पर्यटकमा ३४ दशम १ प्रतिशतले वृद्धि भएको छ ।भारतबाट आउने पर्यटकमा १८ दशमलव ८ प्रतिशतले वृद्धि भएर २३ हजार ८ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन ।

त्यसै गरि सार्क राष्ट्रबाट आउने पर्यटकमा २८ दशमलब १ प्रतिशतले बढेको छ ।नेपालको पर्यटन आगमनको प्रमुख महिनामध्ये अक्टोबर ,नोभेम्बर ,फेबअरी ,मार्च र अप्रिल महिना हुन ।अमेरिका र युरोपबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ भने जापान ,दक्षिण कोरिया ,सिगापुर र थाइल्यान्डबाट आउने पर्यटनको संख्या घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung