
काँठेखोला गाउपालिका वडा ५मा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिर बिहुँ मा आज श्रावण महिना को पहिलो दिन नै भक्तालुहरु उल्लेखिय मात्र मा उपस्थित भएको देखिन्थ्यो ।पर्यटकिय र धार्मिक हिसाबले पनि चर्चा मा आउन थालेको यो मन्दिर परमान्ददिय गुरुकलम र संस्कृत पाठशाला को नाम ले पनि निक्कै परिचित यस मन्दिर केहि बर्ष अघि संस्कृत पाठशाला बन्द भएपछि केहि आझेलमा परेजस्तो देखिए पनि पुरानो मन्दिर लाई पुन निर्माण गरि नयाँ बनाए पछि प्रदेश नम्बर ५ मा नै ठुला शिव लिङ्ग स्थापना गरेपछि आन्तरिक पर्यटकहरु का संख्या मा निक्कै बृद्धि भईरहेको बताउदै मन्दिर ब्यबस्थापन समितिका सहसचिव ज्ञामनाथ कडेंल बाह्यपर्यटकहर पनि आउन थालेको मा यस मन्दिर को प्रचार प्रसार देश तथा बिदेश समेत हुन लागेको खुशी व्यक्त गरे ।
बह्मलिन स्वामि एवं राष्ट्रप्रेमि श्री १००८ परमान्नद सरस्वति महराज ले देखाएको सतमार्गले र उहाँ ले कुनै पनि पुस्तक नपढिकन तपस्या बाटै आर्जन गरेको ज्ञान र धार्मिक महत्व ले यस क्षेत्र तथा विदेश समेत प्रभाव परेकाले भक्तालुहरुले बुझे संगै यस क्षेत्र आगमन बढेको बताउदै समितिका उपाध्यक्ष गौरिशंकर शर्मा सुवेदि ले आज मात्र यस मन्दिर मा दर्शन गर्न आएका भक्तालुहरु बाट ३०८१० रुपैंया नगद र रु १२००० बराबर को जिन्सि समेत उठेको जानकारि दिदै यसै लाई र यसको धार्मिक महत्व बिषय मा अझै बढि प्रचार प्रसार गर्नुपर्ने बताए ।
सो अवसर मा प्रत्येक सोमबारहरु मा यस क्षेत्र मा आउने भक्तालुहरु का लागि भन्डारा तथा प्रसाद वितरण गरिएको थियो भने साबिक ४र५वडा का जनसमुदायबाट यस भन्डारा को ब्यबस्था मिलाईएको समितिले जानकारी दिईएको छ।