मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ४८ बागलुङको १३ औ अधिवेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ ।अधिवेशनले विकास पौडेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको सह–संयोजकमा नारायण रिजाल, सचिवमा श्रीकृष्ण पौडेल , सहसचिव मनोज सापकोटा र कोषाध्यक्षमा सरिता शर्मा रहेका छन । समुहको सदस्यहरुमा सावित्रि खड्का, प्रर्मिला शर्मा, सिताराम रसाईली र सुरक्षा खड्का रहेका छन । अधिवेशनको उदघाट्न गर्दै नेपाल वारका पुर्व अध्यक्ष तथा अधिवक्त भुमिश्वर गौतमले समाजमा दण्डहिनता अन्त्यको लागी सवैको साझा प्रयास आवश्यक रहेको बताएका थिए ।
गौतमले मानव अधिकार संरक्षण र अधिकार स्वतन्त्रताको लागी एम्नेष्टी इन्टरनेशनल नेपालको महत्वपुर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा अधिवेशनका निर्वाचन अधिकृत ऋषिराम रिजाल, मानव अधिकार तथा शान्ती समाज बागलुङका सचिव हरि प्रसाद शर्मा,‘हरिश’ नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव सुवास आचार्य, धौलागिरी वहुमुखि क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल, समुहका सदस्य प्रमिला शर्मा लगाएतले बोलेका थिए ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका सल्लाहकार विकास पौडेलले सस्थाको वारेमा जानकारी गराएका थिए । समुहका संयोजक हरिहर शर्माको अध्यक्षतामा सहसंयोजक तेजप्रसाद शर्माको स्वागत र सचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















































































































































































































