१० कार्तिक २०८३, सोमबार

 

जंगली च्याउ खादा एकको मृत्युु एक बिरामी

बागलुङ सदरमुकाम देखि पश्चिम तमान गाउँपालिकामा जंगली च्याउ खादा एकजनाको मृत्यु भएको छ भने एकजना बिरामी परेका छन् ।बागलुङ जिल्ला तमान गाउँ पालिका वडा नम्बर २ का ३० बर्षिय मनोज श्रीसको जंगलमा च्याउ खोजेर पोलेर खादा मृत्यु भएको छ भने लिल बहादुर पुन च्याउ खाएर बिरामी भएको तमान खोला गाउँ पालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

बिषालु च्याउ खाएर बिरामी भएका पुनलाई उपचारको लागि हेलिकप्टरबाट लैजान खोजेपनि मौसम प्रतिकुलताको कारण हेलिकप्टर अवतरण हुन नसकेपछि अहिले उपचारको लागि बुर्तिबाङ ल्याईएको अध्यक्ष बुढाले बताए ।ढोरपाटनको सिमानामा रहेको जंगलमा बिहिवार बिहान १० बजे च्याउ खोजेर भेटेपछि त्यहीँ पोलेर खाएपछि दुबै जना बेहोस भएको ३ बजेतिर पुन लाई होस आएपछि आफुसंगै गएको श्रीस को मृत्यु भएको खबर गरेपछि मात्रै घटनाको जानकारी भएको बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung