१२ कार्तिक २०८३, बुधबार

 

स्थानीय तह गएपछि सदरमुकाम बागलुङ बजार सुनसान, केन्द्रहरुमा बढ्यो चहलपहल

- व्यापार घट्दो, व्यवसायीले पेशा चेन्ज गर्दै

सवै काम स्थानीय सरकारमा गए पछि बागलुङ सदरमुकाममा सुनसान छाएको छ । सरकारी कार्यालयका काम काज स्थानिय तहमा जाँदा जिल्ला सदरमुकाममा मानिसको चहलपहल कम बन्दै गएको छ । जिल्लाका १० वटै स्थानिय तहबाटै सरकारी सेवा सुचारु हुन थालेपछि बागलुङ बजारमा चहलपहल घटेको हो ।
झण्डै १५ वर्षदेखि सदरमुकाममा व्यापार व्यवसाय गर्दै आएका व्यवसायी नारायण पौडेलले आफ्नो पेशा परिर्वतन गर्ने सोचमा रहेका छन । उनले सदरमुकाम छाडेर गाउँमा कृषिमा लगानी गर्ने सोच बनाएका छन । पौडेल जस्तो अधिकाशं व्यवसायीले सोच बदल्दै गएका छन । सरकारी सेवाका लागि सदरमुकाम धाउनु नपर्ने भएपछि बागलुङ बजार सुनसान भएको हो । जिल्ला प्रशासनबाट नागरिकता प्रमाणपत्र पाउन, जिल्ला अदालतमा मुद्दा दर्ता गर्न र बंैकिङ कारोबारका लागि मात्र ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने गरेका छन । अन्य काम सवै गाउँबाट नै हुने भए पछि सदरमुकाममा चलपहल घटेको हो ।

यातायातको पहँुच, व्यापार व्यवसायको स्थापना, गाउँमै सरकारी सेवाप्रवाह लगायत सेवा सुविधाका कारण सदरमुकामबाट गाउँ फर्कने पनि बढेका छन । जिल्लामा संचालित गैह्र सरकारी संस्था पनि स्थानिय तहबाट नै काम गर्नुपर्ने भएका कारण आगन्तुकको चहलपहल पनि घटेको छ । मानवीय चहलपहल घटेपछि बागलुङ बजारको व्यापार व्यवसाय समेत घटेको उद्योग वाणिज्य संघ बागलुङका उपाध्यक्ष नरेश कंडेलले बताए । विगत वर्षभन्दा मानवीय चहलपहल चार गुणाले घटेको छ उपाध्यक्ष कंडेलले भने, ‘स्थानीय सरकारको कामकारबाही गाउँबाट सुचारु हुन थालेपछि सदरमुकाममा चहलपहल घटेको हो । व्यापार व्यवसाय गर्नेहरूसमेत गाउँ फर्कने क्रम बढन थालेको उनले बताए ।
बागलुङ सरमुकाममा होटलमा बढदो लगानी भए पनि होटल व्यवसाय पनि खस्कदो अवस्थामा रहेको व्यवसायी टिका शर्माले बताउँछिन । बजारमा चहलपहल घटेपछि व्यवसायीहरू पनि विस्थापित हुन बाध्य भएको उनको भनाई छ । दैनिक भरिभराउ हुने होटलमा आजभोली ग्राहक कम भएको शर्माले बताईन । बागलुङ सदरमुकाममा रहेका दुई दर्जन भन्दा सरकारी कार्यालय पनि स्थानीय तहमै समायोजन हँुदा थप चहलपहल घटेको हो । केही कार्यालयहरु के हुने भन्ने एकिन नहुँदा कर्मचारी पनि अहिले अन्योलमा रहेका छन । दैनिक २५ हजार बढी कारोबारो हुने पसलमा एक हजार पनि नहुने गरेको खुद्रा तथा खाद्यान्न व्यवसायी गणेश लम्सालले बताए । व्यापार व्यवसाय घटेपछि विगत लामो समयदेखि सदरमुकाममा बस्दै आएका व्यवसायी स्थानिय तहको केन्द्र वा पोखरा नारायणगढ जान थालेका छन ।

स्थानिय स्तरममा कर्मचारी कटिए सँगै यहाँका निजी विद्यालयमा पनि विद्यार्थीको दर घट्दो क्रममा रहेको छ । कर्मचारीलाई स्थानिय तहमा खटाउँदा सदरमुकाम केन्द्रित कर्मचारीका बालबालिका पनि सँगै लैजादाँ निजि विद्यालयमा विद्यार्थी घट्दो क्रममा रहेका छन । स्थानिय तहमा कार्यालयको स्थापना र सडक यातायातको सुविधा तथा ग्रामीण बजारीकरणले सदरमुकामको चहलपहल घटाएको हो । सदरमुकाम स्थित झण्डै पाँच दर्जन होटलमा अहिले ग्राहक घट्दो क्रममा रहेका छन । यातायातको पहुँच सँगै शहरमा पाईने बस्तू र सरकारी सेवा गाउँमै प्राप्त हुने हुँदा गाउँका मानिसहरु सदरमुकाममा झर्न छाडेका छन ।
बागलुङ नपालिकाबाहेकका स्थानीय तहका बासिन्दाको बागलुङ सदरमुकाममा आवतजावत घटेको हो, स्थानिय तहको केन्द्र विन्दु गलकोट, बुर्तिबाङ, ताराखोला, लगायतका ठाउँमा अहिले मानिसको चहलपहल बढदो रहेको छ । यातायातका पहुँच पुगे पछि सदरमुकाम पुगेर १ दिनमा नै काम सक्ने हुँदा यहाँको बजारमा मानिस खर्च गरेर बस्न चाहेको हुँदैन ‘गाउँगाउँसम्म यातायात सुविधा, बजार व्यवस्था, गाउँमै सरकारी सेवा उपलब्ध लगायतका कारण सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung