
गलकोट नगरपालिका १ दुदिलाभाटी र लेखानीको माथिल्लो भागमा पर्ने हलहलेलाई पर्यटकिय क्षेत्र बनाउनका लागी स्थलगत अवलोकन गरिएको छ । संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको हलहले, सानोदह, काफलडाडाँलाई पर्यटकिय क्षेत्र बनाउनका लागी गलकोटका युवा नेता तथा गलकोट नगरपालिका ३ का वाड अध्यक्ष बिरजङ भण्डारी, वाड सदस्य झहर बहादुर खत्री, गलकोट नगरपालिकाका प्रेस सल्लाकार गुमानसिह भण्डारी, गलकोट नगरपालिका १ दुदिलाभाटीका समाजसेवी हिरा बहादुर काउचा, सिताराम पुन लगायतको टोलिले स्थलगत अध्ययन तथा अवलोकन गरि उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउनका लागी गलकोट नगरपालिका र अन्य सँग संस्थामा पहल गर्ने बताएका छन ।
दुदिलाभाटीको उच्च स्थानमा रहेको हललले र आसपासको क्षेत्र भौगोलिक हिसाबले निकै महत्वपुर्ण मानिन्छ । प्रचार प्रसारका लागि हालसम्म कुनै रचनात्मक काम नभएका कारण ओझेलमा परेको स्थानिय खडक गुरुङले बताए । घोडाबाधेको भ्यु टावरदेखि करिब १ घण्टाको बाटो हिडेपछि पुगिने उक्त ठाउबाट अधिकांश १ दर्जन हिमशृखलाका साथै बिभिन्न जडिबुटी, बिभिन्न प्रजातिको फुलहरु, जंगली जनावर देख्न सकिने गुरुङले बताए ।
गल्कोट नगरपालिकाको पुर्र्वतर्फ पर्छ, हलहले । यहाँ पुग्न पक्की र कच्ची दुवैखाले सडक प्रयोग गर्नुपर्ने हुन्छ । मध्यपहाडी लोकमार्ग देखि पैदल रुपमा १ घण्टाको बाटो हिडेपछि उक्त स्थानमा पुग्न सकिन्छ । उक्त स्थानमा दुदिलाभाटी र लेखानीका बिद्यालयका बिद्यार्थीहरु,सँगै स्थानियहरु समेत समय समयमा बनभोज खानका लागी आउने गर्दछन । उक्त स्थानबाट गलकोटको स्पष्ट सँग मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । यहाँबाट गल्कोटमा सम्भावना बोकेका पर्यटकीय स्थलहरु घुम्टे, गाजा, निलुवा, राजाको दरबार, कोट मैदान, पुर्णकोट सँगै काठेखोला गाउपालिकाका लेखानी, कादेश, सँगै बागलुङ नगरपालिकाका अधिकांश भागहरु समेत देख्न सकिन्छ ।
रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोलले हलहले क्षेत्र सम्भावनायुक्त क्षेत्र हो । यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि मध्यपहाडी लोकमार्ग घोडाबाधे भ्यु टावरबाट सडक जोडनका लागी आवश्यक पहल गर्ने स्थानिय हिरा बहादुर काउचाले बताउनुभयो । उक्त स्थानमा गल्फ, फुटवल, भलिबल खेलका लागी पुर्वाधार तयार पार्न सजिलो रहेको युवा नेता बिरजङ भण्डारीले बताए । टोलिले २ दिनसम्म हलहले, काफलडाडाँ, सानोदहको अवलोकन गरेको वाड सदस्य झहर बहादुर खत्रीले बताए । पहिलो चरणमा केहि दिनपछि हामी पर्यटन आकर्षणका लागी उक्त स्थानमा मोटरसाईकल पु¥याउने योजना बनाएका छौ भण्डारीले भने, त्यस लगतै अन्य कार्यहरु सञ्चालन गरिने बताए । उत्त स्थान बाईक, साईकल रेसका लागी समेत सम्भावनायुक्त ठाउ रहेको उनको भनाईक छ ।
प्रचुर धार्मिक एवम पर्यटकीय सम्भाबना बोकेपनि आबश्यक प्रचार–प्रसार र पूर्वाधारको अभावमा ‘बत्तिमुनीको अध्यारो’को रुपमा रहेको हलहले क्षेत्रमा बढी भन्दा बढी आन्तरीक र बाह्य पर्यटक भित्राउन सकेमा यसले स्थानीयको आयआर्जन र रोजगारि बृद्धि गर्नुको साथै काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ ।
करिब १० बर्ष पहिले सम्म हलहलेमा १०, १२ घरधुरी बसोबास गर्ने गदर्थे । सडक, खानेपानी, शिक्षा, स्वास्थ लगायतको समस्याका कारण यतिबेला १, २ घरधुरी मात्रै बसोबास गर्दै आईरहेका छन । हलहले प्राकृतिक सँगै उत्पादनका हिसाबले पनि प्रख्यात मानिन्छ । उक्त ठाउमा आलु, सिमि, गोपि लगायतका तरकारी बढि मात्रामा उत्पादन हुने गदर्छ । हलहले कालिकाको मन्दिर समेत रहेको छ । प्रत्येक बर्षको वडा दर्शैको दशमीमा उक्त मन्दिरमा बिशेष पुजा आजा हुर्ने गदर्छ । त्यस्तै उक्त क्षेत्रमा करिब ४, ५ पोखरी समेत रहेका छन ।
ति मध्ये सानोदह र अन्य केहि पोखरीमा बाह्रै मास पानी तनातन रहने स्थानिय खड्क बहादुर गुरुङले बताउनुभयो । त्यस्तै सोहि स्थानमा सातढुङगा भन्ने स्थान समेत रहेको छ । उक्त ढुङगा माथीबाट गलकोट निहाल्दा आनन्दको अनुभव हुने स्थानिय सिताराम पुनले बताए। मोटरबाटो र खानेपानीलाई ब्यवस्थित गर्न सके हलहले र आसपासको क्षेत्र गलकोटकै नमुना पर्यटकिय क्षेत्र बन्नेमा स्थानिय ढुक्क छन ।