३ श्रावण २०८३, आईतवार

 

चराहरूलाई फोहर टिप्न कसरी सिकाइयो

फ्रान्सको एक थिम पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहरमैला संकलनमा प्रयोग गरिएको छ।

फ्रान्सको पश्चिम भूभागमा रहेको सो पार्कमा काग वर्गमा पर्ने रूक भन्ने ती पन्छीलाई सुरुमा चुरोटको ठुटा र कागजका ससाना टुक्रा टिप्न सिकाइएको थियो।

अहिले तिनीहरू भूइँमा भएको फोहर टिपेर बाकसमा खसाल्छन्।

केही पन्छीहरू सोमबार फेरि थपिँदैछन्। फोहर टिप्ने चराको संख्या अब ६ पुग्दैछ।

उद्देश्य

लाटोकोसेरो चोरीको अनौठो कारण

पार्कका प्रमुख, निकोलस डि भिलिएले काग प्रजातिका ती पन्छीको प्रयोग वातावरण सरसफाइको उद्देश्यले मात्र नगरिएको बताए।

पार्क घुम्न आउने मानिसहरू फोहर गर्न हुन्न भन्ने बारे सचेत रहेको उनको भनाइ छ।

“प्राकृतिक रूपमा वातावरणको संरक्षण कसरी हुँदो रहेछ भन्ने देखाउनु यसको मुख्य उद्देश्य हो,” निकोलसले भने ।

काग प्रजातिका यी पन्छीहरु अरू पन्छीको तुलनामा ‘बुद्धिमान’ र विभिन्न खेल वा गतिविधिमार्फत ‘मानव संसर्ग’मा रहन चाहने अध्ययनले देखाएको छ।

क्षमता

यसै वर्षको सुरुमा वैज्ञानिकहरूले कागको समस्या समाधान गर्ने क्षमताको पहिचान गर्ने एउटा उपकरण बनाएका थिए।

त्यो उपकरणले निश्चित आकारको कागज फाल्थ्यो।

कागले ती कागजको आकार निर्क्यौल गर्न सक्ने र ठूलो भए सानो पारी उपकरण भित्र खसाल्न सक्ने क्षमताको पहिचान भएको थियो।

पन्छीको बौद्धिक क्षमता प्रदर्शन गरिएको यो पहिलो घट्ना भने होइन। बीबीसी नेपालीबाट

राष्ट्रिय चरा डाँफे संकटमा किन

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung